News

सरकारी स्वामित्वको डीडीसीले नै वेच्छ म्याद नाघेको बटर !

सरकारी स्वामित्वको डीडीसीले नै वेच्छ म्याद नाघेको बटर !

किराना पसलमा २/४ कार्टुन म्याद नाघेका र लेवन नभएका सामान वरामद गर्ने सरकारी अनुगमन टोलीले मंगलवारै ठुलै माल हात पारेको छ।

टोलीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को गोदाममै करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर(मख्खन) फेला पार्यो । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा उक्त परिमाणका सामग्री फेला पारेको हो ।

वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर मौज्दात छ । जुन किलोको ७ सय ८० रुपैयाँमा बिक्री गरिन्छ । सर्वसमधारणको हकमा प्रतिकिलो ८ सय ५० रुपैयाँ पर्छ । त्यो हिसावले १६ करोड ५७ लाख २८ हजार रुपैयाँको बटर शंकास्पद रहेको जनाईएको छ । २५÷२५ किलोको कार्टुनमा राखिएको अधिकाँश कार्टुनमा लेबल नभएको र लेबल भएपनि म्याद सकिइसकेको अवस्थामा फेला परेको छ।

सुजल डेरीबाट कन्भर्सन गरिएको १ लाख ९४ हजार ९ सय ७५ केजी बटर डीडीसीमा मौज्दात रहेको पर लेबलबिना र म्याद नाघेको अवस्थामा फेला परेको विभागले जनाएको छ ।

उत्पादन मिति नोभेम्बर २०१९ र डिसेम्बर २०१९ रहेका केही प्याकेजिङमा उपभोगका लागि ८ महिनासम्म राम्रो भनिएको छ । तर, कतिपयमा उत्पादन मिति नै नभएको विभागले जनाएको छ।

बालाजु दुग्ध वितरण आयोजना प्रमुख गोविन्दराज जोशीले भने लकडाउन र निषेधाज्ञाका कारण मौज्दात रहेको जानकारी दिए । बटरको म्याद ८ महिना मात्रै नहुने उनले दाबी गरे । 

विभागले सरकारी संस्थानबाटै सर्वसाधरणको जिउ/ज्यानमाथि गम्भीर खेलबाड भएको ठहर गरेको छ। सरकारी संस्थानकै गोदाममा ठूलो परिमाणमा म्याद नाघेका खाद्य वस्तु भेटिरहँदा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरिरहेको अनुगमनमा प्रश्न समेत खडा भएको छ । 
 

विशेष