News

कर्णाली प्रदेशः मन्त्री पाउने भएपछि अविश्वासको प्रस्ताववाट पछि हट्यो नेपाल समुह

कर्णाली प्रदेशः मन्त्री पाउने भएपछि अविश्वासको प्रस्ताववाट पछि हट्यो नेपाल समुह

मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कर्णाली प्रदेशका केहि नेकपाका सांसद पद पाउने पक्का भएपछि निर्णयवाट पछि हटेका छन् । उनीहरुको निर्णय लगत्तै कर्णाली प्रदेश नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरिएको छ।

संसदिय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मंगलबार उक्त पदमा कुर्मराजलाई नियुक्त गरेका हुन् । सचेतकमा नियुक्त भएका शाही अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने मध्येका एक हुन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसद हुन् ।

मुख्यमन्त्री शाहीले आइतबारमात्र प्रमुख सचेतक रहेका यमलाल कँडेल पक्षका गुलाबजंग शाहीलाई पदमुक्त गरी उक्त स्थानमा सीता नेपालीलाई जिम्मेवारी दिएका थिए । नेपाली यसअघि सचेतक थिइन् ।

अविस्वासको प्रस्ताव असफल वनाउँन प्रचण्ड र नेपाल समुह एक भएपछि यो अवस्था आएको एक नेताले वताए । मुख्यमन्त्री शाहीलले नेपाल समूहलाई तीन मन्त्री र संसदीय दलको सचेतक दिने सहमति गरेका थिए।

शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेताबाट हटाउन यमलाल कँडेलसहितका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका १८ जनामध्ये ७ जना नेपाल पक्षका, ८ जना अध्यक्ष केपी ओली पक्षका र ३ जना अध्यक्ष पुष्पकमल दाहाल पक्षका छन् । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह त्यसलाई रोक्न सहमत भए । एक नेताका अनुसार नेपाल समूहका नेता समावेश गरी मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने सहमति भएको छ ।
नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्दा मुख्यमन्त्री शाहीले पूर्वमाओवादी समूहबाट समेत मन्त्री थप्ने तयारी गरेका छन् । 
 

विशेष