News

ओली–प्रचण्ड भेट : नतिजा आज पनि सुन्य

ओली–प्रचण्ड भेट : नतिजा आज पनि सुन्य

पार्टीभित्रको विवाद मिलाउन र मन्त्रीहरु परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच निरन्तर भेटघाट भईरहेको छ। वुधवार पनि दुई अध्यक्ष विच लामो छलफल भयो । तर, कुनै पनि विषयमा सहमति भने भएन ।

प्रधानमन्त्री ओलीसँग छलफ गर्न प्रचण्ड बिहान करिव ९ वजे बालुवाटार पसेका थिए । करिव अढाई घण्टा सम्वाद भयो । छलफलमा विकसित राजनीतिक घटनाक्रमवारे सामान्य छलफल चलेको थियो । चीन र भारतसङ्गकोसम्बन्ध र भारतीय सेनापति आउन लागेको विषयमा प्रधानमन्त्रीले कुरा उठाएका थिए । 

यसैगरी, कर्णालीमा देखिएको विवादबारे दुई अध्यक्ष बीच छलफल चलेको श्रोतले जनाएको छ । तर, त्यस विषयमा पनि ठोस सहमति भने जुट्न सकेन । 

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको विवाद छताछुल्ल भएको छ । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पछाडि हटेपछि मुख्यमन्त्रीको पद जोगिएको छ ।

मुख्यमन्त्री शाही र नेता नेपाल समूहबीच मन्त्रिपरिषद् पुनगर्ठन गर्ने र सचेतक नियुक्त गर्ने सहमति जुटेपछि अविश्वासको प्रस्ताव बिफल भएको थियो ।

नेता नेपाल पक्षका थप तीनजना मन्त्री बनाउने र सचेतक नियुक्त गर्ने सहमति भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने हुन सकेको छैन । दुई अध्यक्ष ओली र प्रचण्डले पत्र पठाउँदै थप कदम कसैले नचाल्न निर्देशन दिएका छन्। उनीहरुलाई विहिवार छलफलका लागि वोलाईएको छ । 

विशेष