सरकारमा वसेकाहरु नै वलात्कारमा संलग्न छन्
धिरेन्द्र चन्द सोडारी
मुलुक कोरोना महामारीले आक्रान्त छ। कोरोनाले नछोएको र असर नगरेको क्षेत्र भेट्न मुस्किल छ। समग्रमा भन्दा कोरोनाका अगाडि हरेक समस्या फिका छन्। तर, यस्तो महामारीमा पनि नेपालमा एउटा यस्तो समस्या आगाडि आएको छ जस्ले कोरोनालाइ पनि वेवास्ता गर्दै मानिसहरु सडकमा आईरहेका छन्। त्यो विषय हो– वलात्कार।
समस्या वढ्दै जाँदा र त्यस विरुद्धताका आवाजहरु वुलन्द हुँदै गर्दा यस विषयमा विभिन्न तर्कनाहरु आईरहेका छन् । बलात्कार के हो र बलात्कारी को ?, बलात्कार कोबाट र किन भइरहेको छ ? यस्ता विविध कुराहरु मनमा उब्जीरहेका छन् । कसलाई सोधौँ ? सर्वप्रथम नेपाली शव्दकोषमा खोलें। बलात्कार शव्दको अर्थ ‘जबर्जस्ती गर्ने काम, अन्याय, अत्याचार, कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम, बलपूर्वक सतीत्व नष्ट पार्ने काम’ भनेर उल्लेख छ। त्यसपछि गुगलमा बलात्कार शब्द सर्च गरे। २६ सेकेन्डमा वलात्कारका ९० लाख शब्दहरु फेला परे । नेपाली शब्द कोष र गुगल हेरेपछि मेरो मनले सोध्यो, आखिर यस्तो किन र बलात्कार कहाँ–कहाँ भएको रहेछ ? वलात्कारका केहि उदाहरण यस प्रकार छन्।
शिक्षा र भाषामा बलात्कार
शिक्षाको बारेमा के सिकेका छौँ, कस्तो छ भन्ने कुरा धेरै भनिराख्नु परेन । नेपालको शिक्षा नीति नै गलत छ । आजका दिनमा शिक्षामा व्यापक रुपमा बलात्कार भइरहेको छ । २ फरबरी १८३५ पछि भारतवर्षमा नै लर्ड थोमश बबिङ्टन मेकालेले शिक्षा, संस्कृति, सम्भयतामाथि आक्रमण गर्दै आफ्नो साम्राज्य नै खडा गरे। पुर्वको इतिहासलाई बङ्ग्याइयो र आर्य मङ्गोल द्रविण आदिको कथा कहानी बनाएर पुरै भारत वर्षमा आक्रमण गरियो । लर्ड मेकालेले भारतमा आधुनिक शिक्षा भित्र्याए । जंगबहादुर राणाले पनि त्यहि काम गरे, हयूगवी उड लर्ड मेकालेले संस्कृति शिक्षालाई बेकामे र अन्धविश्वास उत्पादन गर्ने भाषा भनि दिए । नेपालमा विस २०२८ को नयाँ शिक्षाले संस्कृति सम्भयता लगायतलाई करिब–करिब प्रतिवन्ध नै लगायो । टाई सुट नलगाउनेहरु अशिक्षित, गाउँले र पाखे भए । अङ्ग्रेजी पढ्नेहरु शिक्षित र सम्भ भए । त्यहि शिक्षाको कारणले नैतिकता, संस्कार, श्रमको सम्मान, नारीको इज्जत र परिवारको महत्व विस्तारै सकियो । शिक्षाविद स्व. जनार्दन घिमिरेले भन्नु भएको छ,–‘नेपालमा कुनै विश्वविद्यालय छैन, विश्वविद्यालयको फोटोकपी मात्र छ। त्रिभुवन विश्वविद्यालय पटना विश्वविद्यालयको फोटोकपी हो। नेपाल संस्कृत विश्वविद्यालय सम्पुर्णनन्द विश्वविद्यालयको फोटोकपी हो । त्यस्तै अन्य विश्वविद्यालय भारतका प्रान्तीय विश्वविद्यालयका फोटोकपी हुन्।’ आज त्यहि मेकालेले आक्रमण/बलात्कार गरेको शिक्षा पद्धतिमा मौलिकता/नविनता नहुनु स्वभाविक हो ।
शिक्षामा आजका दिनमा हामी सबै रमाइरहेका छौँ। आफ्नो माटो सुहाउँदो शिक्षा पद्धति अथवा मौलिक शिक्षा पद्धतिमा जोड दिनु पर्छ भनेर कहिलै सोचेका छौँ ?, चिन्तन गरेका छौँ ? नेपालको शिक्षा नीतिलाई नै सिध्याउन यहाँ थुप्रै मेकालेहरु सक्रिय छन् । तर आवरण भने अनेक छन । सञ्चारमाध्यममा स्तम्भकारका रुपमा काम गरिरहेका छन् । सरकार, निजि क्षेत्र लगायत नीति निर्माण तहमा र अनुसन्धानकर्ताका रुपमा पनि काम गरिरहेका होलान। पहिले शिक्षामा भएको बलात्कार रोकौँ । अबको शिक्षा पद्धति मौलिक शिक्षा पद्धति हुनु आवश्यक छ। आफ्नो धर्म संस्कृति, सभ्यता लगायतको संरक्षण गर्दै आर्टिफिशियल इंटेलिजेंससँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा नीति आवश्यक छ ।
धर्म, संस्कृति र सभ्यतामा बलात्कार
शिक्षामा नै आक्रमण भएपछि धर्म, संस्कृति र सम्भयतामाथि आक्रमण गर्न धेरै परिश्रम गर्नु परेन। धर्म, संस्कृति र सम्भयातमामाथि योजनाबद्ध, सांगठनिक र राजनीतिक रुपमा आक्रमण भइरहेको छ । खुलेआम विभिन्न संघ÷संस्थाले हाम्रो धर्म संस्कृति माथि आक्रमण गरिरहेका छन् । मोहन बन्जाडेले अन्पूर्ण पोस्टमा लेखेका छन्–‘ कुनै देशले युद्धमा पराजित भई भूमि गुमाए अर्को पुस्ताले युद्ध गरेर पनि फिर्ता लिन सक्छ । तर कुनै मुलुक सांस्कृतिक रुपमा समाप्त गरिए त्यो पराजय सधैंका लागि हुने खतरा हुन्छ । मुलुकलाई सांस्कृति रुपमा आक्रमण गर्दा त्यो मुलुकको धर्म, परम्परा, संस्कार, प्रचलन, व्यवहार, भाषा, गीत, संगीत, कला, सामाजिक सद्धावका सूत्रलाई विस्थापित नै गर्ने, भत्काउने, कमजोर पार्ने भ्रमित गर्ने वा कृण्ठित बनाउने मध्ये जे र जति सक्यो त्यति गरिन्छ ।’ यहाँ त धर्मको संरक्षण गर्नेहरु नै डलरको पछाडि लागेर धर्मको बलात्कार गरिरहेका छन् । दिन–प्रतिदिन धर्म गुरुको हत्या हुनु यो के बलात्कार होइन् ? मठ, मन्दिर, पाटी पौवा, आदी भत्काइरहेका छन् । सरकार नै धर्म संस्कृतिमाथि बलात्कार गरिरहेको छ। उदारणका लागि होलीवाइन काण्ड हेरे पुग्छ । यसको विरोध कस्ले गर्ने, धर्मलाई व्यवसायिक पेशा बनाउनेहरुलाई कसले सजाय दिने? नेपालमा मौलिक रैथाने हिन्दू, बौद्ध, किराती, बोन, जैन लगायतका धर्महरुमा दिन प्रतिदिन बलात्कार भइरहेको छ । यस्ता बलात्कारीहरुलाई दण्ड सजाय हुनु पर्दैन ? संसारमा भएका सबै सभ्यता, संस्कृति र धर्म विश्व सम्पदा हुन । आफ्नो धर्म संस्कृति, भाषा, भेषभुषा, सभ्यता, संस्कृति, संस्कार लगायतको संरक्षण सम्वद्र्धन, प्रवर्धन गर्नुमा सबै एकजुट हुन आवश्यक छ ।
राजनीतिक बलात्कार
राजनीतिकमा भन्नु पर्ने धेरै कुरा नै छैन। नेपालमा भएका राजनीतिक परिवर्तनहरुलाई संहिताबद्ध गरी संस्थागत गर्ने हरेक अभियानमा बाह्य संलग्नता रहेको पाइन्छ । १९१६ को सुगौली सन्धि पश्चात नेपाली राजनीतिमा बाह्य संलग्नताका सकारात्मक/नकारात्मक प्रभाव छन्। काठमाडौँको आन्तरिक तथा अन्तर्राष्ट्रिय मामिलामा इस्ट इन्डिया कम्पनीको निरन्तर प्रभाव रहेको छ । वि.स. २००४ सालको अन्तरिम संविधान निर्माण गर्दा ताका तत्कालिन राणा प्रधानमन्त्री पद्यम शमशेरद्वारा लिएको सल्लाह, २००७ सालको क्रान्ति, दिल्ली सम्झौता लगायत हालसम्म निरन्तर भईरहेका आक्रमण हुन्। नेकपा एमाले, माओवादी लगायतका सबै कम्युनिष्ट घटकहरु, नेपाली काग्रेस, राप्रपा, राप्रपा नेपाल, सबै पूर्वपञ्च घटकहरु, कथित माओवादीहरु, राजावादीहरु, जनजातिवादीहरु, समाजवादीहरु, वैज्ञानिकहरु, साझा, विवेकशील लगायतका सवै वादीहरु कुनै न कुनै बाह्य शक्तिबाट प्रभावित छन्। उनीहरुको राजनिती शिक्षाविद घिमिरेले भने झै फोटोकपीमा आधारीत छ। नेपालमा राजनीति र राजनीतिक दलका रुपमा बलात्कार भइरहेको छ। नेकपाले गद्धार्थ भइसकेको कालमाक्र्स, लेलिनबादको फोटोकपीले काम चलाइरहेको छ । घोषणपत्रमा जनमुक्ति र वर्ग सङ्घर्षको इतिहास उल्लेख गरे पनि व्यवहारमा दलाल पुँजीवाद र अन्तर्घात छ । हालसम्म सत्तामा बसेर निरन्तर कुर्सिको लागि नै लडिरहेका छन् । नेपाली काग्रेसले राममनोहर लोहिया र जय प्रकाश नारायणको फोटोकपी ल्याएर काम चलाएको छ। विपिले सुरु गरेको यो फोटोकपी राजनिति अहिलाई नेपाली काग्रेसले अहिले पनि निरन्तरता दिएको छ। विपीको समाजवाद व्यवहारमा पुँजीवाद र चरम व्यक्तिवादमा रुमलिएको पार्टी हो, कांग्रेस । राप्रपा, जसपा, वैज्ञानिकवादी, आदि नामका मात्र प्रजातान्त्रिक र समाजवादी हुन। व्यवहारमा दक्षिण पन्थ, सङ्कीर्ण जातीवाद, नश्लवाद छर्लङ्ग छ। अन्य दलहरुको के कुरा गर्नु ? नेपाली जनताहरुलाई दिन–प्रतिदिन भेडा बनाएर बैचारिक जालमा फसाइरहेका छन् । अब फोटोकपीको राजनीतक बन्द गर्नु आवश्यक छ । नेपालको आफनै माटो सुहाँउदो, नेपालीपन, नेपालमै जरो किलो भएको मौलिक जरोकिलो पार्टी नै अबको मूलधारको राजनितिक शक्तिमा सबै जना होमिनु पर्छ । राजनीतिमा भएको बलात्कार पनि अन्त्य गर्नुपर्छ ।
लैंगिक र जातीय क्षेत्रमा बलात्कार
बीबीसीले १ अप्रिल २०२० मा प्रकाशित गरेको समाचारमा प्रहरी प्रधान कार्यलय अन्तर्गतको महिला, बालबालिका तथा ज्जेष्ठ नागरिक सेवा निर्देशनालयकी प्रहरी नायब उपरिक्षक कार्की ज्यूले भनेकी छिन–‘नेपाल प्रहरीमा बर्सेनी दर्ता हुने मुद्दामध्ये ४० प्रतिशत लैंगिक हिंसासँग जोडिन्छ। जसको ठूलो हिस्सा घरेलु हिंसाले ओगट्छ । ९० प्रतिशत हिंसा श्रीमान् र श्रीमतीबीच हुने गर्छ । बालबालिका जोडिएका ९० प्रतिशतभन्दा बढी यौनजन्य हिंसा चिनेको व्यक्तिले गरेको पाइन्छ ।’ आजभोलीको तत्यांकअनुसार भारतमा हर १६ मिनेटमा एक महिला बलात्कृत हुन्छिन भने नेपालमा हर दिन सात महिला बलात्कृत हुन्छन् । कोरोना महामारी पछि नेपालमा चैतदेखि भदौसम्मको तथ्यांक हेर्ने हो भने एक हजार दुई सय २१ जना महिला बलात्कृत भएका छन् । यी त बाहिर आएका घटनाहरुको जानकारी मात्र हो, अन्य यस्ता कयौँ महिलाहरु बलात्कृत भएका छन् । बलात्कार गर्नेहरुलाई कडा भन्दा कडा कानुन बनाउनु आवश्यक देखिन्छ । कानुन मात्र बनाएर पुग्दैन । त्यसको प्रभावाकारी कार्यान्वयन चाहिन्छ । सत्य तथ्य छानबिन गरी पिडितको पक्षमा सबैको साथ हुनु आवश्यक छ । पछिल्लो तथ्याङ हर्ने हो भने पनि ‘मी टु’ अभियानको सफलता, भारतमा भएको बलात्कारसम्बन्धी कानुनमा संशोधन र बंगलादेशमा बलात्कारीलाई मुत्युदण्ड दिने विधेयक पारित गरेको छ । नेपालमा पनि कडा भन्दा कडा कानुन ल्याउनु पर्छ । त्यतिमात्र होइन् प्रत्येक मानिसहरुको चरित्र र सोच परिवर्तन गरेर मात्र बलात्कारका घटनाहरु कम गर्न सकिन्छ ।
अन्य विविध क्षेत्रमा बलात्कार
नेपाली शब्दकोशमा उल्लेख भए अनुसार कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम मात्र वलात्कार होईन रहेछ। अन्याय, अत्याचार, जबर्जस्ती गर्ने काम पनि वलात्कार भित्र पर्दा रहेछन्। यहाँ त कुनै स्त्रीलाई बलात्कार गर्नु परे जात, छुवाछुत हेरिदैनन । बिहे र अन्य कुरा गर्दा जात हेर्ने गरिन्छ । यहाँ त कयौँ पुरुषहरु पनि बलात्कार भएका छन् । कुनै कार्यालय नहोला, बलात्कार नहुने क्षेत्र । आज हरेक क्षेत्रमा बलात्कार भइरहेको छ । यो सबै कपुतन्त्रे सरकारको दोष हो। किन भने नीति, निर्माण तहमा मुख्य भूमिका सरकार र मन्त्रीहरुकै छ। तिनिहरुले नै हरेक क्षेत्रमा बलाल्कार गरिरहेका छन् । हरेक क्षेत्रमा भएको अन्याय, अत्याचार र बलात्कार सधैको लागि अन्त्य हुनु आवश्यक छ । यसका लागि सवै एकजुट भएर काम गर्नु आवश्यक छ ।
पहिले चरित्र बदलौँ, सोच बदलौँ। विविध क्षेत्रमा भएका अन्याय अत्याचार विरुद्ध बुलन्द आवाज उठाउनु छ । यहाँ शरिरको मात्र बलात्कार भएको छैन, हरेक क्षेत्रमा बलात्कार छ। यो विचार लैख्दै गर्दा मैले नै भाषामा, व्याकरणमा अन्याय गरेको हुनसक्छ । त्यसो भएमा माफि चाहान्छु।
अन्त्यमा, काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणी अधिकारी गुरुले भने अनुसार ‘नेपालका मौलिक रैथाने धर्म, संस्कृति, संस्कार, सभ्याताको संरक्षण, संवर्धन, प्रवद्र्धन गर्नुपर्छ । नेपाललाई वास्तवमै सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र, स्वाधीन साथसाथै संसारकै अग्रणी राष्ट्र बनाउन, आर्थिक समृद्धि एवं स्वाधीनताको लागि उद्यमशीलतालाई व्यावहारिक रुपमा लागू गर्न एवं अनुसन्धानलाई प्राथमिक रुपमा अवलम्बन गरी उद्यमशीलता मार्फत व्यक्ति, समाज र देशको विकास गर्न, नेपाललाई मानव विकास, आधारभूत संरचनागत विकास, विज्ञान प्रविधि आदिका मानकबाट विश्वमा विकसित देशहरुको समूहमा पु¥याउन, दण्डहीनता निर्मूल गरी मौलिक दण्डनीति, विधि, न्यायको शासन प्रशासन सुनिश्चित गर्न, भ्रष्टाचारको कारण नै उन्मूलन गर्न, भ्रष्टाचारीहरुलाई अति कडा दण्डसजाय गर्न र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउन सबै नेपालीहरु एक जुट हुनु पर्छ ।’ परिवर्तन आफुबाट गर्नु आवश्यक छ र आफुबाट नै शुरुवात गरौँ । हरेक क्षेत्रमा भएका बलात्कारहरुलाई निर्मुल गरौँ । अघि बढौँ यो युग हाम्रो हो ।
(लेखक प्रगतिवादी युवा समाज नेपालमा केन्द्रीय अध्यक्ष हुनुहुन्छ । )