मन्त्रीमण्डल पुनर्गठनः पौडेल अर्थमन्त्री, इश्वरको मन्त्रालय खोसियो
लामो समयमो रसाकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनरगठन गरेका छन् । प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसिएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा थिए । गुरुङ्गले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठको भागमा पुगेको छ ।
सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वनाईएको छ । यो मन्त्रालय भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सम्हालेका थिए ।