News

सप्तरीमा तस्कर र प्रहरीविच दोहोरो झडप, दुई प्रहरी घाईते

सप्तरीमा तस्कर र प्रहरीविच दोहोरो झडप, दुई प्रहरी घाईते

सप्तरीको राजविराज स्थित मुसर्नीयामा मंगलवार राती तस्कर र प्रहरीविच दोहोरो झडप भएको छ । झडपमा दुई प्रहरी घाईते भएका छन् । प्रहरीले ४ राउण्ड हवाई फायर गरेर स्थितीलाई नियन्त्रणमा लिएको छ ।

राती १० वजे राजविराज नगरपालिका १३ को मुसर्नीयाँमा भारतीय वजारवाट सामान लिएर आएका तस्करहरुलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाका अनुसार तस्करले स्थानीय ब्यापारी र सर्वसाधारणको सहयोग लिएर प्रहरीमाथि भाला र लाठिले आक्रमण गरेका थिए ।

प्रहरीवाट वच्न तस्करहरुले स्थानीयसँग गुहार मागेपछि ५० जनाभन्दा वढि स्थानीयवासीले प्रहरीलाई घेरा हालेर आक्रमण गरेको उनको भनाई छ। सोहि क्रममा दुई जना प्रहरी घाईते भएको र स्थितीलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गर्नु परेको उनले जानकारी दिए ।

अवस्था जटिल वनेपछि जिल्लावाट थप टोली पठाएर भिडलाई नियन्त्रणमा लिईएको धमलाले वताए । सर्वसाधारणतर्फ कुनै क्षती नभएको र प्रहरीतर्फ दुईजना घाईते भएको उनको भनाई छ। 

घाईते प्रहरीको टाउको फुटेको र गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ। दुवैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कोरोना संक्रमणको त्रास र सरकारले सिमा शिल गरेको अवस्थामा पनि सप्तरीका विभिन्न नाका भएर नेपाल–भारत सामान ओसार–पसार गर्ने क्रम रोकिएको छैन।
 

विशेष