News

कोरोनाका कारण नवलपरासी पश्चिमका एक जनाको मृत्यु

कोरोनाका कारण नवलपरासी पश्चिमका एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण नवलपरासी पश्चिमका एक पुरुषको मृत्यु भएको छ ।

उनको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या आएपछि उनलाई असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।

सोहि क्रममा विहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
 

विशेष