संघीय सांसद पहाडीको निधन
प्रतिनिधिसभा सदस्य सानु सिवा पहाडीको निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुट रोगबाट पीडित पहाडीको बुधबार बिहान निधन भएको हो।
पहाडी लामो समयदेखि जनसांस्कृतिक महासंघमा आबद्ध रही गीति यात्रामा पनि सहभागि रहेको महासंघका सदस्य माधव प्रधानले जानकारी दिए ।
केही वर्षअघि पहाडिका दुवै मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपण गरिएको थियो । त्यसको केहि समयपछि नै मुटको रोगको समस्या पनि थपिएका कारण उनी पीडित थिईन । पहाडि ताप्लेजुङ्गमा जन्मिएकी हुन्।