News

कोरोना संक्रमित महिलाको होम आईसोलेसनमै मृत्यु

कोरोना संक्रमित महिलाको होम आईसोलेसनमै मृत्यु

सप्तरीमा होम आईसोलेसनमा वसेकी एक महिलाको कोरोना संक्रमणवाट मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका– २ बरमझियाकी ४६ वर्षीया महिलाको विहिवार विहान ५ वजे मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताले जानकारी दिए ।

असोज २६ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि असोज २७ गतेदेखि उनी घरमै वसेकी थिईन । दुई साता अघि विरामी परेपछि उनलाई विराटनगर स्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परिक्षणका क्रममा क्यान्सर तथा फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई धरान लगिएको थियो ।

धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ देखिएको सह संयोजक गुप्ताले वताए । कारोना र अन्य विभिन्न रोगका कारण उपचार गरेर वचाउन नसक्ने अवस्था देखिएपछि अस्पतालले नै घर लान सल्लाह दिएको उनले जानकारी दिए ।

चिकित्सककै सल्लाह अनुसार घर वसेकी महिलाको विहिवार विहान करिव ५ वजे मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको उनको छ। नेपाली सेनाले उनको शव ब्यवस्थापन गरेको छ ।

योसहित सप्तरीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
 

विशेष