News

२८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक

२८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक

राष्ट्रिय मानवअधिकार आयोगले २० वर्षभित्र विभिन्न समयमा मानवअधिकार उल्लंघनका घटनाका २ सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको हो ।

आयोगमा अध्यक्ष अनुपराज शर्माले २० वर्षमा गरेका कामको समीक्षासहितको आयोगको प्रतिवेदन सार्वजनिक गरे। 

तत्कालीन माओवादीले गरेको सशस्त्र विद्रोहसहित विभिन्न समयमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरूको नाम र उनीहरुको विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२ सय ८६ मानवअधिकार उल्लंघनकर्ताहरूमध्ये नेपाल प्रहरी ९८, नेपाली सेना ८५, नेकपा माओवादी ६५, निजामती कर्मचारी १६, सशस्त्र प्रहरी ८, शिक्षक ४, चिकित्सक २, मावअधिकारकर्मी १ र अन्य ७ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसबीचमा आयोगले सिफारिस गरेका एक हजार १ सय ९५ जना मानवअधिकार उल्लंघनकर्ताहरूको अवस्था पनि उल्लेख गरेको छ । जसमा ७ सय ७९ जना राज्यपक्षका, २ सय ८७ जना माओवादी पक्षका, सरकार र माओवादी संयुक्त ३८ जना, प्रतिकार समूहका २३ जना, शिक्षक १६ जना, अन्य ५२ जना रहेका छन् ।

विशेष