News

अग्रिम हाजिर गरेर प्रमुख प्रशासकिय अधिकृत घर हिडेपछि गाउँपालिकाको काम प्रभावित

अग्रिम हाजिर गरेर प्रमुख प्रशासकिय अधिकृत घर हिडेपछि गाउँपालिकाको काम प्रभावित

कोरोनाको वहाना वनाएर कर्मचारी घर वस्न थालेपछि सप्तरीका स्थानीय तहमा सेवाग्राहीको विचल्ली हुन थालेको छ। कर्मचारी नहुँदा दैनिक प्रशासनिक काम समेत प्रभावित हुन थालेको छ ।

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा एक साता अघि नै झापाको कमल गाउँपालिका स्थित घर गएर वसेका छन् । तर, कार्यालयमा भने उनले असोज महिनाको अग्रिम हाजीर गरेका छन् । हाजिरी रजिस्टरमा कर्मचारी उपस्थित देखिने तर, काम गराउन जाँदा कोहि नभेटिने समस्याले सर्वसाधारण हैरान छन् ।

कार्यालमा उपलब्ध हुने तल्लो तहका कर्मचारी भने प्रमुख प्रशासकिय अधिकृत र अन्य जिम्मेवार कर्मचारीलाई देखाएर पन्छिने गरेका छन् ।

कोरोनाको संकटपुर्ण अवस्थामा नागरिकको सेवामा खटिनु पर्ने र योजना वनाउनु पर्ने कर्मचारीहरु एकै पटक १५/२० दिनको हाजिर गरेर घर वस्न थालेपछि गाउँपालिकाको अवस्था भद्रगोल भएको स्थानीयवासी तथा नेकपाका नेता जयप्रकाश यादवले वताए ।

प्रमुख प्रशासकिय अधिकृत थापा हरेक महिना ४/५ दिनभन्दा वढि कार्यालयमा नवस्दा सधै समस्या आउने गरेको उनले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल तथा राजनितिक दलले कार्यालयको हिसाव खोज्न थालेपछि थापा कार्यालयमा वस्न छोडेको उनले जानकारी दिए । ‘कोरोना नियन्त्रण तथा अन्य विभिन्न क्षेत्रमा भएको हिसाव÷किताव सार्वजनिक गर्न हामीले निवेदन दर्ता गराएका छौं’ उनले भने–‘जवदेखि हिसावको कुरा उठ्यो उनी कार्यालयमा वस्नै छोडे।’

गाउँपालिलकाका प्रशासकिय अधिकृत महेश शर्माले पनि प्रमुख प्रशासकिय अधिकृत थापा अग्रिम हाजिरी गरेर घर गएको पुष्टि गरे। ‘मैले पनि अरुले भनेपछि मात्रै हेरे’ उनले भने–‘यस्तो कसरी भयो भन्ने चै मलाई पनि आस्चर्य लागेको छ।’ अन्य कर्मचारीले त्यस्तो गरेपनि उनले कहिल्यै पनि एकै पटक हाजिर नगरेको उनले सुनाए ।

कार्यालयका अन्य कर्मचारीहरु भने घर वसेको दिनको पनि हाजिर गर्ने गरेको शर्माको भनाई छ । ‘काम छैन भन्दै घर वस्ने अनि आएको वेला एकै पटक हाजिर गर्ने परम्परा चाहि पुरानै हो’ उनले भने–‘तर, हाकीमको वारेमा यस्तो जानकारी थिएन ।’

प्रमुख प्रशासकिय अधिकृत थापाले पनि गत शुक्रवार नै आफु घर आएको र असोज महिनाको अग्रिम हाजिर भएको स्विकारे । नियतवस नभई भुलवस त्यस्तो भएको उनले वताए । ‘कोरोनाका कारण पहिला घरमै वसेर काम गरियो। सोहि हाजिर गर्दा झुक्किएर असोजको हाजीर भएको हो’ उनले भने–‘त्यसलाई काट्नु पर्ने थियो। त्यो नगरेर चाहिँ गल्ति भएछ।’
 

विशेष