News

धरानको विपी प्रतिष्ठानमा ४ कोरोना संक्रमितको मृत्यु 

धरानको विपी प्रतिष्ठानमा ४ कोरोना संक्रमितको मृत्यु 

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ जना सुनरी र १ जना तेह्रथुमका छन् । धरान उपमहानगरपालिका–९ की ४४ वर्षीया महिला, सोही वडाका ५८ वर्षीय पुरुष, इटहरी उपमहानगर–२० की ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

धरान–९ की ४४ वर्षीय महिलालाई असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी असोज २८ गते प्रतिष्ठानको कोभिड आस्पतालमा भर्ना भएकी थिईन। बुधबार दिउँसो ३ बजे उनको मृत्यु भएको हो । त्यसको जानकारी आज दिईएको छ ।

सोही वडाका ५८ वर्षीय पुरुषलाई असोज २५ गते कोरोना संक्रमण पुष्टि भएपनि २८ गतेमात्र कोभिड अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन राति १२ बजे उनको मृत्यु भएको हो ।

यस्तै, इटहरी–२० की ७५ वर्षीया कोरोना संक्रमित महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उच्च रक्तचापको समस्यासमेत रहेकी उनलाई असोज २८ गते कोरोना संक्रमण भएपछि बुधबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको मध्यराति १२ बजेर ५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिएका छन् ।

धनकुटा जिल्ला अस्पतालबाट रिफर गरिएका तेह्रथुमकाका ३१ वर्षीय कोरोना संक्रमित पुरुषलाई असोज १० गते नै कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ गते बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

विशेष