News राजनीति

कर्मचारीसँग सञ्चार मन्त्रीको सम्झौताः गलत नगर्ने, गलत गर्न नदिने

कर्मचारीसँग सञ्चार मन्त्रीको सम्झौताः गलत नगर्ने, गलत गर्न नदिने

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रालयवाट सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा नियुक्त भएका मन्त्री पार्वत गुरुङले आफु म पनि गलत नगर्ने र अरुलाई पनि गलत गर्न नदिने वताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वुधवार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि विहिवार पदभार ग्रहण गर्दै उनले यस्तो वताएका हुन् । मन्त्री र कर्मचारीका विचमा यसैलाई सम्झौता मानेर चल्न पनि उनले सुझाव दिए ।

मन्त्रीले केहि बुझेको छ छैन भन्ने सोचेर अलमल्याउन खोजे त्यसको नतिजा राम्रो नहुने उनले चेतावनी दिए । ‘तपाईहरुले बाङ्गोटिङ्गो बाटो लिनुभयो भने मैले पनि छिटो कुरा बुझ्ने प्रत्यन गर्नु पर्नेछ, त्यसपछिको  सम्वन्ध नमिठो हुन्छ’ – उनले भने ।

प्रधानमन्त्रीले आफुलाई संचार मन्त्री वनाउँदा ‘चुनौतीपूर्ण जिम्मेवारी दिँदैछु’ भनेको वाक्यांश स्मरण गर्दै उनले भने –‘त्यो चुनौती सामना गर्न भएरै म मन्त्रालयमा हाजिर भएको छु, मेरो कार्यकालको १ सय दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्नेछु।’ 
 

विशेष