News

पेन्सनका लागि वैंक पुग्नै पर्ने झन्झट खतम !

पेन्सनका लागि वैंक पुग्नै पर्ने झन्झट खतम !

सेवानिवृत्त कर्मचारीहरुले पेन्सनका कारण पटक–पटक वैंक धाउनु पर्ने समस्याको अन्त्य भएको छ । महालेखा नियन्त्रकको कार्यालयले गत मंगलबार सेवानिवृत्त कर्मचारीको निवृत्तभरण सम्बन्धमा जारी गरेको सूचनापछि यो समस्याको अन्त्य भएको छ ।

महालेखासहित निवृत्तिभरण व्यवस्थापन कार्यालयले पनि त्यससम्वन्धमा सुचना जारी गरेको छ। यो सूचनापछि हरेक ६ महिनामा खाता सकृय गराउन वैक जानु पर्ने झन्झटवाट पेन्सन होल्डरहरुले तत्कालका लागि मुक्ति पाएका छन् ।

यसअघि बैंकहरूले ६/६ महिनामा खाता सक्रिय गराउनुपर्ने व्यवस्था वनाएपनि हाललाई सो ब्यवस्था संशोधन गरिएको हो । महालेखाले २५ असोज र निवृत्तभरण कार्यालयले २८ चैतमा यससम्वन्धि सुचना जारी गरेका छन्। यो ब्यवस्था हाललाई मंसिर मसान्तसम्मका लागि लागु गरिएको जनाईएको छ । कोरोना संक्रमणको महामारीलाई लक्षित गरी यो ब्यवस्था लागु गरिएको छे ।

महालेखा नियन्त्रकको कार्यालयलले जारी गरेको सूचनामा भनिएको छ–‘नेपाल सरकारको संचित कोषवाट स्वीकृत वजेटको परिधीभित्र रही सरकार सेवावाट सेवा निवृत्त भई निवृत्तभरण रकम पाईरहनु भएका निवृत्तभरकहरु हरेक ६/६ महिनामा सन्वन्धित वैंकमा उपस्थित भई आफनो खाता सक्रिय गर्नु पर्ने ब्यवस्था रहेकोमा हालको विश्वब्यापाी कोरोना महामारीको संक्रमणको कारणले यसरी उपस्थित हुनुपर्ने ब्यवस्था अनिवार्य नगर्न र हाललाई २०७७ मार्ग मसान्तसम्म निवृत्तभरणको ब्यवस्थापन कार्यालय मार्फत नै निवृत्तीभरण खाता सक्रिय गराई रकम भुक्तानी लिन सक्ने ब्ववस्था मिलाईएको ब्यहोरा जानकारी गराईन्छ।’
 

विशेष