News

मदिरको नसामा महिलाले छोरासहित राप्तीमा हाम फालिन 

मदिरको नसामा महिलाले छोरासहित राप्तीमा हाम फालिन 

चितवनको भरतपुरकी एक महिलाले मदिरा सेवन गरी डेढ वर्षको छोरासहित राप्ती नदीमा  हामफालेकी छिन् ।

भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । पानीमा डुवेर वालकको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ । वालकको शव २ किलोमिटर तल मेजरघाटमा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

विशेष