News

कर्मचारीलाई कोरोना भएपछि लोकसेवाका महत्वपुर्ण तीन वटा शाखा वन्द 

कर्मचारीलाई कोरोना भएपछि लोकसेवाका महत्वपुर्ण तीन वटा शाखा वन्द 

कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएपछि लोकसेवा आयोगका तीन वटा महत्वपूर्ण शाखा बन्द गराइएका छन् ।

केहि कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएप्छि शुक्रबारसम्म आयोगको केन्द्रिय कार्यालयका करिब २० जनाभन्दा बढी कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीबारे पत्राचारमा खटिने कर्मचारीलाई सुरुमा संक्रमण देखिएको थियो । अहिले चार जनामा संक्रमण देखिएको आयोग स्रोतले बतायो ।

विज्ञापन प्रकाशन, प्राविधिक र अप्राविधिकतर्फको लिखित नतिजा प्रकाशन शाखाहरू बन्द गरिएको छ । ति शाखा वन्द भएपनि आयोगले आगामी मंसिर र पुसमा लिने भनिएको परीक्षा प्रभावित हुन सक्ने देखिएको छ । कर्मचारी दसैंअघि काममा फर्किन सक्ने सम्भावना नरहेको स्रोतले जनायो ।

अब हुने भनिएका परीक्षा प्रभावित भए हालै आयोगले निकालेको विज्ञापन पनि प्रभावित भई परीक्षा तालिका पछाडि धकेलिनेछ । आयोगले केही दिनमै उपसचिवको नतिजा निकाल्ने तयारी गरेकोमा त्यो पनि पछाडि सर्ने भएको छ ।

लोकसेवा आयोगले गत चैतमा लकडाउनपछि रोकिएका परीक्षा फेरि सुरु गर्ने तयारी गरेको थियो । लोकसेवाले गत १९ र २२ गते सूचना निकालेर प्राविधिक अधिकृतको परीक्षा तालिका सार्वजनिक गरेको थियो । त्यसै गरी आयोगले नासु र खरिदारको परीक्षा तालिका पनि प्रकाशित गरेको थियो ।

त्यही परीक्षालाई दृष्टिगत गरी लोकसेवाले संक्रमितहरू परीक्षामा सहभागी हुन नपाउने भनी मापदण्ड सार्वजनिक गरेको थियो । मापदण्डका कारण संक्रमितप्रति विभेद हुने भनी दर्ता भएको निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले विभेदकारी प्रावधान कार्यान्वयन नगर्न आदेश दियो । 
 

विशेष