News

गोरखाको पालुङटारमा २० शय्याको आइसोलेसन तया

गोरखाको पालुङटारमा २० शय्याको आइसोलेसन तया

गोरखाको पालुङटार नगरपालिका–४ स्थित मालती गैरास्थित सुदर्शन आधारभूत विद्यालय भवनमा २० शय्याको आइसोलेसन कक्ष तयार गरेको छ । 

विद्यालयको वैकल्पिक भवन छुट्टै निर्माणाधीन रहेकाले पुरानो भवनमा आइसोलेसन बनाइएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितका उपचारका लागि एक–एक जना डाक्टर, अनमी र अहेव परिचालन गरिने नगरपालिकाले जनाएको छ ।

आइसोलेसनमा शुक्रबारदेखि नैसंक्रमित राख्ने तयारी गरिएको छ । आइसोलेसनका लागि चाहिने आधारभूत संरचना पनि निर्माण भइसकेको छ । अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गरिसकेको नगरपालिकाले जनाएको छ ।

यसअघि पालुङटार नगरपालिकामा कोरोना पोजिटिभ देखिएकालाई सदरमुकामस्थित गोरखा क्याम्पसको आइसोलेसनमा ल्याउनुपर्ने बाध्यता थियो । 
 

विशेष