News

पत्रकार/कर्मचारीको आन्दोनलका सहभागिलाई नै कोरोना 

पत्रकार/कर्मचारीको आन्दोनलका सहभागिलाई नै कोरोना 

मुलुकमा कोरोना संक्रमितको संख्याले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ। थपिने मध्ये पनि ६० प्रतिशतभन्दा वढि संक्रमित काठमाण्डौ उपत्यकामा छन् । संक्रमितको संख्या जति थपिदै जान्छ खतरा पनि उतीकै रफतारमा वढिरहेको छ ।

लक्षणसहितका संक्रमितको संख्या वढेसँगै अस्पतालमा आईसियु र भेन्टिलेटरको त कुरै छोडौं वेड नै नपाउने अवस्था श्रृजना भएको छ। २ दिनअघि मात्र सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको यसै कारण मृत्यु भयो । आईसियु वेड अभावका कारण आकस्मिक कक्षमा राखेर उपचार गराउने क्रममा उनले ज्यान गुमाईन ।

यति मात्र होईन, कोरोनाका कारण अझै भयावह अवस्था उत्पन्न भईरहेको छ । यस्तै अवस्था जारी रहे काठमाण्डौ उपत्यकाको अवस्था झन जटिल हुने त्यस क्षेत्रका विज्ञहरु वताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त मुलुकमा २५ हजारभन्दा वढि सकृय संक्रमित पुगे स्रोत/साधनका कारण थेग्नै नसकिने भन्दै पहिला नै हात उठाईसकेको अवस्था छ। तर, मन्त्रालयको कुराले सरकारको कानमा अहिलेसम्म पनि हावा लागेको छैन।

स्वास्थ्य मापदण्ड पालना गर्ने/गराउने विषय पनि उत्तिकै कमजोर छ। सरकारले सभा, जुलुसलगायतका भिडभाड हुने कार्यक्रम गर्न नपाउने मापदण्ड वनाएपनि त्यसको कार्यान्वयन लगभग सुन्य अवस्थामा छ । सर्वसाधारणमा चेतना जगाउनु पर्ने राजनितिक दलका नेता गाउँगाउँमा गएर पार्टी प्रवेशका कार्यक्रम गर्दै जनताको जिउज्यानमाथि खेलवाड गरिरहेका छन। उनीहरुलाई नत प्रशासनले रोक्न सक्यो, नत कोरोनाले । उनीहरुको उदेश्य खाली भोट जोगाउनुमा मात्रै केन्द्रित रहेको उनीहरुकै कृयाकलापले पुष्टि गरिरहेको छ ।

अर्कोतर्फ जनताको सुरक्षा र अधिकारका लागि अहोरात्र खटिने पत्रकार समेत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कोरोना संक्रमण फैलाउने माद्यम वन्दै गरेको पाईएको छ । श्रम शोषणमा परेको भन्दै राजधानीका केहि पत्रकार यतिवेला आन्दोलनमा छन्। सरकारले सभा जुलुस गर्न नपाउने ब्यवस्था गरेको छ, तर उनीहरु समुह वनाएर आन्दोलनका कार्यक्रम संचालन गरिरहेकै छन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैशीले नै आन्दोलनको नेतृत्व गरिरहेका छन्। आन्दोलनकै क्रममा ५ दिनअघि एक जना सहभागिलाई कोरोना संक्रमण पुष्टि भएको छ । ‘नेपाल आज’ अनलाईन मिडियाका पुर्व कर्मचारी समेत रहेका ति सहभागि यति वेला आईसोलेसनमा छन्। तर, उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ्ग गर्ने र सरकारले निषेध गरेका कृयाकलाप रोक्ने विषयमा अझैसम्म पनि पहल हुन सकेको छैन ।

उल्लेखित घटना उदाहरण मात्र हुन। सरकार तथा जिम्मेवार निकायका यस्तै कमजोरी कारण अहिले काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण वाहिर पुगेको स्थानीयवासी वताउँछन्। 
 

विशेष