News

शिक्षा नजिकिएपछि मक्ख ओलीः मिलाए बोतल, छोडे मुस्कान

शिक्षा नजिकिएपछि मक्ख ओलीः मिलाए बोतल, छोडे मुस्कान

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उखान र अभिब्यक्तिका कारण सदावहार चर्चामा रहन्छन्। कहिले काहि त चर्चा सिमा नाघेर विवादमा परेका धेरै उदाहरण छन्। 

राष्ट्रिय मिडियादेखि समाजिक सञ्जालसम्म प्रधानमन्त्रीका उखान र टुक्काले स्थान पाउँछ। अनि विपक्षिदेखि सत्तापक्षकै नेता र आफै इतरका मानिस पनि उनको आलोचनामा उत्रन्छन् ।

यति वेला प्रधानमन्त्री ओली फेरी चर्चामा छन्। अहिले चै राष्ट्रिय मिडिया, युट्युव, फेसवुक वा ट्वीटरमा होईन। टिकटकका कारण प्रधानमन्त्री ओलीको चर्चा चुलीएको छ । 

शिक्षा संग्रौला @shikshyasangraula नामको टिकटक एकाउण्टमा प्रधानमन्त्रीको एउटा भिडियो पोष्ट भएको छ । भिडियो कुनै एक औपचारिक कार्यक्रमको हो। तर, कार्यक्रम कहाँ र कहिलेको भन्ने प्रष्ट छैन । मञ्चमा प्रधानमन्त्री ओली, अनि उनीसँगै टाँसिएर वसेकी एक किशोरी छिन्। दायाँवायाँ अन्य अतिथि पनि छन। तर, त्यसको ठिक पछाडि महान्यायाधिवक्ता अग्नी खरेल पनि छन् ।

भिडियोमा किशोरी प्रधानमन्त्री ओलीसँग टाँसिएर वसेकी छिन्। दुवैका विचमा कुरा भईरहेको छ। अन्दाजमा किशोरीले ओलीसँग सेल्फि खिच्ने प्रस्ताव गर्छिन। ओली मुस्कुराउँछन र टेवलमा रहेको पानीको वोतल भुईमा सार्छन । किशोरीली सेल्फी लिन्छिन। किशोरीले सेल्फी लिदा ओली मुस्कराएर उनको मुखमा हेर्छन। उनी प्रति ओलीको निकै लगाव देखिन्छ। तर, किशोरी को हुन र उनीहरुको विचमा के कुरा भईरहेको छ भन्ने प्रष्ट छैन। तर दायाँ वायाँ वसेका अतिथीहरु र पछाडि वसेका अग्नि खरेल समेत उनीहरुलाई निठ्याएर हेरिरहेका छन् ।

उनीहरुको यो कृयाकलापको भिडियो खिचेर अरु कसैले ट्रोल वनाएको पनि यो भिडिओको पोष्टवाट प्रष्ट छ । भिडिओ पोष्टमा लेखिएको छ–‘गाईज दिस इज ओर्जिनल वान, लुक एट माई स्माइल।’ यो भिडियो शनिवासर साँझसम्म १६ हजार ८ सय जनाले हेरेका छन् भने २ हजार २९ जनाले कमेण्ट गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

 

विशेष