जसपाको अध्यक्ष वन्ने तयारीमा वावुराम
एनेकपा माओवादी हुँदै नयाँ शक्ति गठन गरेर हाल जनता समाजवादी पार्टीमा रहेका डा. वावुराम भट्टराई पार्टीको संघीय परिषदको अध्यक्ष वन्ने तयारीमा जुटेका छन् ।
पार्टी एकिकरण भएदेखि नै स्पष्ट जिम्मेवारी नपाएका भट्टराई यतिवेला पार्टीको वरिष्ठ नेता हुन् । तर, सोमवार र मंगलवार हुने केन्द्रिय कार्यकारिणी परिषद वैठकवाट परिषदको अध्यक्ष वन्ने तयारीमा भट्टराई लागेको जनाईएको छ ।
पार्टीले नै डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको जसपा स्रोतले जनाएको छ । हाल महन्थ ठाकुर र उपेन्द्र यादव जसपाका अध्यक्ष हुन्। राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरण हुँदा नै भट्टराईलाई अध्यक्ष बनाउने तयारी भएपनि कार्यविभाजन पछि गर्ने सहमति गरी निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको थियो ।
त्यस वपेला ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । कार्यविभाजन टुंगो लगाउँदा अध्यक्ष बनाउने भद्र सहमति पार्टी एकीकरणकै बेलामा भएकोले केन्द्रिय कार्यकारीणी वैठकवाट उनी अध्यक्ष वन्ने पक्का जस्तै रहेको भट्टराई निकट श्रोतले जनाएको छ ।