News

तीन दिनसम्म कोरोनाको लक्षण नदेखिए १० दिनमै डिस्चार्ज

तीन दिनसम्म कोरोनाको लक्षण नदेखिए १० दिनमै डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवै अस्पताललाई कारोनाका विरामीका लागि ५० प्रतिशत वेड छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिने निर्णय भएको प्रवक्ता डा. जागेश्वर गौतमले वताए । यो नियम सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई लागु हुनेछ।

यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनिएमा संक्रमण बढेसँगै कम्तिमा ५० प्रतिशत सबै प्रकारका बेड छुट्याउन भनिएको गौतमले जानकारी दिए ।

यसैगरी, संक्रमितको डिस्चार्ज अवधि पनि घटाएको छ । पछिल्ला तीन दिनमा कोरोनाका लक्षण नदेखिए १० दिनमा डिस्चार्ज गर्न भनिएको छ । यसअघि १० दिनमा पीसीआर गर्ने र पोजेटिभ आए १४ दिनमा टेष्ट नगरी पठाउन भनिएको थियो ।

विशेष