वावा आएपछि खाने भन्दै सिन्के चाउमिन वोकेर वसेको भतिजोलाई के जवाफ दिउँ प्रम ज्यु ?
विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल सरकार पुर्णतया असफल भएको छ । जसको उदाहरण पछिल्लो समय देखिएको संक्रमित र मृतकको संख्या नै हो। हावादारी र उडन्ते गफ गर्ने तर आफैले वनाएका स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन नसक्ने सरकारी अकर्मन्यता नै यसको प्रमुख कारण हो भन्दा अन्यथा नहुनु पर्ने हो ।
सर्वप्रथम प्रधामन्त्री केपी ओलीले नै वेसारपानीको कुरा गरेर हावा उडाए। उनको भनाई अनुसार वेसार पानी खाएर घरमै वसे कोरोना निको हुन्छ। त्यसपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हावा गफ उडाए। तर, उनको यो हावागफ चै गफमा मात्र सिमित थिएन, सरकारी अकर्मन्यताको संकेत थियो ।
कोरोना संक्रमणको परिक्षण र उपचारका विषयमा पछिल्लो समय सरकारले अख्तियार गरेको नीतिलाई संकेत गर्दै सामान्य अवस्थामा अस्पताल नजान गौतमले आग्रह गरे। उनले भनेका थिए–‘वेहोस हुने जस्तो भयो भने मात्रै अस्पताल जानु।’
सरकार र जिम्मेवार निकायका यस्तै हावादारी कुराका कारण अहिले पत्रकार मधुजंङ्ग पाण्डेको परिवार मर्माहत भएको छ। कोरोनाका कारण पाण्डेका दाजुले अनाहकमा जिवन गुमाउनु परेको छ। यो घटनाले उनको परिवारमा आइपरेको दुखदायी अवस्थाको यहाँ वर्णन गर्न सकिन्न। तर, सरकारको गलत नीतिका कारण जनताले कसरी दुःख पाईरहेका छन् र देश कुन अवस्थामा छ भन्ने विषयमा उनले सरकारसँग उठाएको प्रश्न हामीले यहाँ प्रश्तुत गर्ने जमर्को गरेका छौं।
आफनो सामाजिक सञ्जाल मार्फत पाण्डेले सरकारसँग गरेको गुनासोसहितको प्रश्न
कोरोनाको लक्षण देखिए बेसारपानी र गुर्जो खाएर घरमै बस्न प्रधानमन्त्री केपी शर्मा ओली ज्युले दिएको सुझाव र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको बेहोस हुनेजस्तो भएपछि मात्र अस्पतालनमा जान दिएको निर्देशन इमान्दारितापूर्वक पालना गरि आफुलाई कोरोना लागेको संका हुँदाहुँदै पिसीआर परिक्षण नै नगरि बेसारपानी खाएकै भरमा ज्वारो र रुगाखोकी बिसो पार्न खोज्दा मेरो दाजु मुकुन्द पाण्डेले अकालमा मृत्युबरण गर्नुपर्यो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको बेहोस हुने अवस्था भएपछि मात्र अस्पतालमा जान दिएको निर्देशन पालना गरि दाई घरमै अचेत भएपछि मात्र गत २६ असोजको मध्यराती साढे १२ बजे काठमाडौको त्रिवि शिक्षण अस्पतालमा पु¥याउने घर परिवार एवं छिमेकीको प्रयास पनि असफल नै भयो । काठमाडौमा बसेर पनि मेरो दाजुले बिरामी भएपछि अस्पतालभित्र पस्नै पाउनुभएन ।
त्यसपछि हामीले स्वर्गिय दाजुको मृत्युको कारण कोरोना नै हुनुपर्छ भन्ने अनुमान सहित अस्पतालका डाक्टरलाई पिसिआर परिक्षण गरिदिन निकै आग्रह गर्यौं । तर मृत्यु भईसकेपछि पिसिआर नगर्नु भन्ने सरकारको निणर्य अनुरुप अस्पतालले दाईको पिसिआर गर्न मानेन । कोरोना संकाकैबीच त्यसपछि हामीले जतिसक्दो सुरक्षित किसिमले दाजुको शब जलाउनकालागि पशुपतिको इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने निणर्य गर्दा पनि पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न दिने र संकास्पद एव अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधीबाटै जलाउनुपर्ने व्यवस्था गरेका कारण हामी पनि दाउराबाटै दाजुको शब जलाउन बाध्य भयौं ।
करिब ४ घण्टाको दाहसंकारपछि हामीले तत्काल स्वर्गिय दाईको घरमा बस्ने सबैजनाको पिसिआर परिक्षण गराएर जतिसक्दो छिटो रिर्पोट आउने निजी ल्याब खोजेर दाईको घरका सबैको पिसिआर परिक्षण गराएका थियौं । कोरोना विश्व महामारिकाबीच अब के कसरी दाईको काजक्रिया सम्पन्न गर्ने भन्ने अन्योल चिर्न ल्याबमा स्वाब दिएको ९ घण्टापछि भाउनु र भतिजाहरु सबैको कोरोना पोजेटिभ भएको रिपोर्ट पायौं ।
सरकारको यस्तो गम्भिर कम्जोरीका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने एकदमै जोखिमयुक्त क्षेत्र एवं हटस्पट बनिरहेको देखेर मैले पत्रकारिता पेसाको धर्म निभाएर यहाँहरुलाई त्यो दिन हामीले भोगेको यथार्थ जानकारी मात्र गराउन खोजेको हुँ ।
अब जतिसक्दो छिटो सरकारले पशुपतिको आर्यघाटमा मृत शब जलाउने कार्यलाई पारदर्शि र व्यवस्थित बनाउनुपर्छ । नत्र पशुपति क्षेत्र कोरोनाको संक्रमण फैलाउने केन्द्र नै बनेर मुलुकको अवस्था अझै भयावह हुने छ । अहिले म पनि कोरोनाको लडाई जितेर भर्खरै घर बाहिर निस्किएको छु । पिसिआर रिपोर्ट नेगेटिभ आएपनि अझै मेरो स्वास्थ्य पूर्ण ठिक भईसकेको छैन । झन दाईको यस्तो अकल्पनीय दुःखद निधनले पिडा थपिएको छ । भित्रैबाट औडाह भइरहेको छ । दाईको मृत्यु भएको पनि आज ५ दिन भएछ । दाईको घरमा जाँदा दाईले मृत्युबरण गर्नुभन्दा केही दिन अघि ल्याईदिएको सिन्के चाउमिन हातमा लिएर बसेको ६ वर्षको नाबालक भतिजोले अहिलेसम्म नखाएर बाबा अस्पतालबाट आएपछि मात्र खान्छु है अंकल भनिरहेको छ । अब म भतिजोलाई के जवाफ दिउं प्रधानमन्त्री ज्यु ?