होम आईसोलेसनमा मृत्यु भएकाको शव ब्यवस्थापन सेनाले नगर्ने
कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन भएको छ ।
अव, होम आईसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव ब्यवस्थापन परिवारले नै गर्नुपर्ने नयाँ नियम लागु भएको छ । यसअघि शव ब्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संशोधन गरेको निर्देशीका अनुसार कोरोनाका कारण कसैको घरमा मृत्यु भए स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने ब्यवस्था छ।
तर शव व्यवस्थापनको सम्पुर्ण काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ ।