सांसदको दशै भत्तावाट भेन्टिलेटर खरिद !
नेकपाका नेता तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले सांसदलाई वाँड्ने दशैं भत्तावाट भेन्टिलेटर खरिद गर्न प्रस्ताव गरेका छन् ।
कोरोना भाइरसको महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता दिन ठिक पारिएको रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने उनको भनाई छ ।
सांसदहरुले दसैं भत्ता लिएको विषयमा सामाजिक संजालमा आलोचना भईरहेका वेला सांसद शर्माको ट्विटरमा लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं ।’
आफूले पाएको दसैं भत्तावापतको रकम पनि उनले बिरामीको उपचारमा खर्च गर्ने जनाएका छन् । ‘दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’
यसअघि नेकपाका नेता भीम रावलले पनि आफूले प्राप्त गरेको दसैं भत्ता वापतको रकम फिर्ता गर्ने घोषणा गरिसकेका छन् ।