News

कांग्रेस सांसदद्वारा दशैं भत्ता फिर्ता, किन पछि पर्यो नेकपा ?

कांग्रेस सांसदद्वारा दशैं भत्ता फिर्ता, किन पछि पर्यो नेकपा ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सम्पुर्ण सांसदले दशैं भत्ताको रकम फिर्ता गरेका छन् । 

कांग्रेसले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्णय गरेपछि कूल ४३ लाख २० हजार आठ सय १० रूपैयाँ फिर्ता भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई उपलब्ध गराइएको दसैं भत्तावापतको रकम कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको उनले वताए । 

सरकारले महामारीका बेला सांसदलाई भत्ता दिने निर्णय उचित नभएको उनले बताए। कांग्रेसले भत्ता फिर्ता गर्ने निर्णय पछि विज्ञप्ति जारी गरेर सोको जानकारी दिएको छ ।

विशेष