नेकपाको उधारो निर्णय : अर्को महिनाको तलववाट दशैं भत्ता फिर्ता
नेपाली कांग्रेसका सवै सांसदले दशैं भत्ताको सम्पुर्ण रकम फिर्ता गर्ने निर्णय गर्दा नेकपाले भने उधारो निर्णय गरेको छ ।
नेकपाका सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने तर, अहिले नभएर अर्को महिनाको तलववाट कट्टा हुने गरी निर्णय गरेका छन् ।
संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं भत्ता रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्ने निर्णय गरेको राष्ट्रिय सभामा नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए।
अर्को महिना आउने तलब कोषमा जम्मा गर्ने निर्णय भएको उनले वताए ।
यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सबै सांसदहरूको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो।
कांग्रेसले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्णय गरेपछि कूल ४३ लाख २० हजार आठ सय १० रूपैयाँ फिर्ता भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
सरकारले महामारीका बेला सांसदलाई भत्ता दिने निर्णय उचित नभएको उनले जनाएको छन् ।