यातायात मन्त्री नेम्वाङलाई कोरोना, संक्रमित मन्त्रीको संख्या तीन पुग्यो
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
नेम्वाङका स्वकीय सचिव गणेश योङहाङका अनुसार लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए।
सामान्य ज्वरो र खोकी लागेको उनले वताए । मन्त्री नेम्वाङ्ग अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बसेका छन्।
मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
यो सँगै कोरोना संक्रमित हुने संघीय मन्त्रीको संख्या तीन पुगेको छ । यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।