News

सिमा अतिक्रमण गर्ने चिनको नयाँ शैलीः वस्ति वसाउँदै, आफनो दावी गर्दै

सिमा अतिक्रमण गर्ने चिनको नयाँ शैलीः वस्ति वसाउँदै, आफनो दावी गर्दै

चीनले छिमेकी देशहरुसँगको सीमा अतिक्रमणमा नयाँ शैली अख्तियार गरेको पाईएको छ । पछिल्लो पटक चिनले नेपाली भुभागमा वस्ति नै वसाएर त्यसपछि उक्त जमिन आफनो भएको घोषणा गरेपपछि उसको नयाँ शैली सतहमा आएको हो।

चिनले नेपालको हुम्लाको लुलुङजोङ क्षेत्रमा विभिन्न ११ वटा संरचनाहरु बनाएको छ । उक्त भवनमा चिनियाँहरु बस्ने गरेका छन् । चिनले त्यो गाउँलाई सिमा ब्यापारका लागि वसाईको नयाँ वस्ति भनेको छ । त्यहाँ थप संरचनाहरु निर्माणको काम भइरहेका छन् । अहिले चीनले उक्त भूमि आफ्नो भन्दै दाबी गरेको छ । 

तिब्बत स्वायत्त क्षेत्रको अलिस्थित बुरङ काउन्टीमा उक्त संरचनाहरु बनाएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन्। यसअघि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले पनि विज्ञप्ति जारी गरेर उक्त भवनहरु चिनियाँ भूभागमै रहेको र नेपालले फेरि निरीक्षण गर्नसक्ने बताएको थियो ।

उक्त संरचना निर्माण थाल्नुअघि गत मे महिनामै सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित गरेपछि मात्रै संरचना बनाइएको चीनको दाबी छ । नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरिएको छ । चीनले उक्त संरचनाहरु सीमा क्षेत्रबाट एक किलोमिटर भित्र चिनियाँ भूभागमा बनाएको बताएको हो ।

दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक ज्ञान नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने भन्दै ग्लोबल टाइम्सले समाचार छापेको छ । ग्लोबल टाइम्सले नेपाल सरकारले विवादीत जमिन चिनको भएको वताईरहेका वेला चीनसँगको सीमा विवादलाई भारतीय मिडियाले उचालेको आरोप पनि लगाएको छ । 

नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा सीमा सम्झौता भएको थियो र सन् १९६३ जनवरीमा दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर भएको थियो । ती संरचना निर्माण भएपछि विवाद उत्पन्न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई प्रमाणीकरण गर्न आग्रह समेत गरेको थियो ।

नेपाल सरकारले पनि उक्त संरचनाहरु चिनियाँ भूमिमा नै भएको बताइरहेको छ । तर, हालसम्म पनि सर्भे गर्ने र प्राविधिक रुपमा जग्गा नापजाँच गरेर निश्चित गर्ने काम नेपाल सरकारले गरेको छैन।

संरचना नेपालमै वनेका छनः कांग्रेस
यता, सीमा अनुगमनमा गएको नेपाली कांग्रेसको टोलीले भने चिनले दावी गरेको जमिन नेपालको भएको दावी गरेको छ । ति संरचनाहरु सिमा क्षेत्रवाट दुई किलोमिटर भित्र नेपालतर्फ रहेको टोलीको दावी छ । 

सिडिओको प्रतिवेदन परराष्ट्रमा गायव
चिनले नेपालको भुमि कब्जा गरेको चर्चा चलेपछि हुम्लाका सिडिओसहितको टोलीले लिमी गाउँको अवलोकन गरेको थियो । अवलोकनपछि टोलीले सरकारलाई प्रतिवेदन समेत वुझाएको छ । गृह मन्त्रालय मार्फत वुझाईएको उक्त प्रतिवेदन हालसम्म पनि सार्वजनिक गरिएको छैन । प्रतिवेदनका विषयमा सरकारको धारणा पनि हालसम्म वाहिर आएको छैन ।

प्रतिवेदन गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयसम्म पुगेको थियो । परराष्ट्र मन्त्रालयले नै सो प्रतिवेदन वेपत्ता पारेको जानकारहरु वताउँछन् । उक्त प्रतिवेदन पाउनु भन्दा अघि नै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले हुम्लामा चीनले सीमा नमिचेको प्रतिक्रिया दिएका थिए ।

फोटोः ग्लोवल टाईम्स मार्फत चिनले सार्वजनिक गरेको नक्सा।

विशेष