News राजनीति

पुर्व प्रधानमन्त्री भट्टराईको प्रश्नः यस्तो सरकार किन चाहियो ?

पुर्व प्रधानमन्त्री भट्टराईको प्रश्नः यस्तो सरकार किन चाहियो ?

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. वावुराम भट्टराईले कोरोना संक्रमणका वेला सरकारले जनताको साथ छोडेको भन्दै आलोचना गरेका छन् ।

नेता भट्टराईले सोमवार एक ट्वीट गर्दै सरकारले हरेक क्षेत्रमा जनताको वेवास्ता गरेको आरोप लगाएका छन् ।

कोरोनाका कारण उत्पन्न समस्या समाधान छोडेर भाग्ने यस्तो सरकार किन चाहियो ? भन्दै उनले सरकार हुनुको औचित्य माथि नै प्रश्न गरेका छन् । उनले भनेको छन्–‘कोरोना उपचार खर्च आफै व्यहोर ! वेहोस भए मात्रै अस्पताल जाऊ ! वेरोजगार श्रमिक रूँदै गाऊँ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कूल/कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसन/भत्ता डकार ! यस्तो सरकार किन चाहियो?’

उनले ‘रिमुभ केपी ओली’ ह्यासट्याग गर्दै सरकारवाट केपी ओलीको वहिर्गमनको आवाज समेत उठाएका छन् । 
 

#RemoveKPOli

विशेष