दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदहरुलाई देउवाको निर्देशन
नेपाली कांग्रेसले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
पार्टी सभापति एवम् कांग्रेस संसदीय दलका नेतासमेत रहेका शेरबहादुर देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार दशैंभत्ता सरकारलाई फिर्ता गर्न संसद सदस्यहरुलाई नेपाली कांग्रेसले निर्देशन छ ।
सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ । जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।
‘अकालमा कसैको मृत्यु नहोस्, सबै नागरिकको जीवन रक्षा होस् । त्यसका लागि सरकारले उत्तरदायित्व र जिम्मा लिनैपर्छ, पन्छिन पाउँदैन,’ कांग्रेसले भनेको छ ‘यो कोभिड–१९ को परीक्षण तथा उपचार गर्ने जिम्मेवारी आम नागरिककै हो भनेर भन्नु पूर्णत गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नभएको ठहर्छ ।’
यस्तो निर्णय फिर्ता गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।