News

गोकर्ण विष्टले फिर्ता गरे दशैं भत्ताः चेकसहितको पत्र सचिवालयमा

गोकर्ण विष्टले फिर्ता गरे दशैं भत्ताः चेकसहितको पत्र सचिवालयमा

पुर्व मन्त्री एवम् नेकपाका सांसद गोकर्ण विष्टले दसैँ भत्ता वापत सरकारले आफनो खातामा जम्मा गरेको रकम फिर्ता गरेका छन् । उनले दशैं भत्ता वापत खातामा जम्मा भएको रकम वरावरको बराबरको चेक काटेर पत्रसहित संसद सचिवालयमा दर्ता गराएका छन् ।

कोरोनाका कारण देशले चरम संकटको सामना गरिरहेको र लाखौं श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको अवस्था रहेको वताउँदै सांसद विष्टले संसद सचिवालयका महासचिव सम्वोधन गरेका पत्र पठाएका छन् । 

‘अति विपन्न व्यक्तिहरूले चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको छ । कोरोना र अन्य रोगका विरामीहरूले उपचारको लागि अस्पतालको शैया समेत नपाउने अवस्था उत्पन्न भएको छ’ उनको पत्रमा भनिएको छ–‘यसरी आम नागरिकले रोग र भोकसंग जुधिरहेको यो संकटपूर्ण घडीमा अनावश्यक खर्च र कतिपय सुविधा समेत कटौती गरेर जनताको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ।’

आम नागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिँदै गएको अबस्थामा सांसदको हैसियतमा दशैं खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको हिसाबले पनि उपयुक्त नदेखिने उनले वताएका छन् ।

विशेष