News

मोरङ्गमा दुई हप्ते निषेधाज्ञा जारी

मोरङ्गमा दुई हप्ते निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय मोरङ्गले दशैं अवधिभरका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणबाट चाडपर्वलाई सुरक्षित बनाउन भन्दै दुई हप्ता लामो निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा कार्तिक ३ देखि १५ गतेसम्म जारी रहने छ। दसैँको समयमा मठ, मन्दिर, सार्वजनिक समारोह र उत्सवहरूमा हुने भिड नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मन्दिर, मठ, मस्जिद, चर्च आदि सबैखाले धार्मिक केन्द्रहरूमा आन्तरिक रूपमा मात्र पूजा र प्रार्थना गर्न छुट दिईएको छ ।

चाडबाडका लागि भौतिक रूपमा शुभकामना र चियापान कार्यक्रम र उत्सवहरू आयोजना गर्न पाइने छैन ।

जारी निषेधाज्ञाअनुसार साँझ ८ देखि बिहान ५ बजेसम्म लामो दूरीबाहेकका सवारी आवतजावत गर्न पाउने छैनन् ।

स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । 

विशेष