News

लोकसेवाका पुर्वनिर्धारित परिक्षा अनिश्चितकालका लागि स्थगित

लोकसेवाका पुर्वनिर्धारित परिक्षा अनिश्चितकालका लागि स्थगित

लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

कतिपय कर्मचारीलाई कोरोना संक्रमण भएपछि आयोगका तीन वटा शाखा वन्द भएका छन् । यस वाहेक सर्वोच्च अदालतको आदेश पनि परिक्षा संचालनका लागि वाधक देखिएको छ ।

परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भए एवं आयोगका कर्मचारीहरु समेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरु समेत बन्द गर्नु परेको र कर्मचारीहरु आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउनु एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएको आयोगद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।

विशेष