News

असई गोविन्द विकको हत्या अनुसन्धानमा खटियो सिआईबीको टोली

असई गोविन्द विकको हत्या अनुसन्धानमा खटियो सिआईबीको टोली

निर्मला पन्तको हत्या अनुसन्धानमा कञ्चनपुरमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई कैलालीको जुगेडाका इन्चार्ज (असई) गोविन्द विकको हत्या अनुसन्धानमा खटाईएको छ ।

सीआईबीका एकजना डीएसपीको नेतृत्वमा टोली परिचालन भएको हो । कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक शनिबार साँझ मोटरसाइकलमा गस्तीमा गएका थिए । उनको आइतबार बिहान मोहना नदीमा शव फेला परेका थिए ।

उनको घाँटिमा धारीलो हतियारले रेटेको घाउ रहेको प्रहरीले जनाएको छ। तस्करसँगको भिडन्तमा उनको हत्या भएको प्रहरीले दावी गरिरहेको छ । उनको हत्या आशंकाम ११ जनालाई पक्राउ गरिएको छ। तर, नाम सार्वजनिक गरिएको छैन।

कहाँ गए प्रहारी जवान साउद ?

उनीसँगै गस्तिमा गएका प्रहरी जवान रामबहादुर साउद भने अझैसम्म भेटिएका छैनन् । उनको खोजी जारी छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको गोताखोर परिचालन गरेर मोहना नदिमा खोजतालस गर्दा समेत उनको वारेमा कुनै जानकारी हात लागेको छैन । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली पनि परिचालित छ।

विशेष