कारागारले वन्दि राख्न मानेन, माग्यो पिसिर रिपोर्ट
पिसिआर रिपोर्ट नभएको भन्दै पश्चिम नवलपरासी कारागारले वन्दि राख्न अस्विकार गरेको छ । कारागारले रिपोर्टकै कारण जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पठाएका बन्दी प्रहरीमै फिर्ता गरेको छ ।
प्रहरीले लागुऔषध मुद्दामा अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएका एक व्यक्तिलाई सोमबार कारागार पठाएको थियो । तर, कारागारले बन्दीको तीन दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट मागेर वन्दि फिर्ता गरेको हो ।
पूर्वी नवलपरासीका एसपी प्रकाश मल्लले भने पिसिआर परिक्षण गराउने काम प्रहरीको नभएको वताएका छन् । कारागारमा पठाइने व्यक्तिलाई कारागारले नै छुट्टै कोठामा राखेर पीसीआर परीक्षण गर्नुपर्ने उनको भनाई छ । ‘हामीले अव आफनो काम गर्ने कि स्वास्थ्य कार्यालयको ? उनले भने ।
आइतबारयता चितवन कारागारले लागुऔषध मुद्दाका दुई तथा पश्चिम नवलपरासीले लागुऔषध र जबरजस्ती करणी मुद्दाका दुई अभियुक्त फिर्ता पठाइसकेका छन् ।
साबिक नवलपरासी दुई जिल्लामा विभाजन भएपछि पूर्वी नवलपरासीमा कारागार नभएका कारण यहाँका कैदीबन्दीलाई पश्चिम नवलपरासी र चितवन कारागार पठाउनुपर्ने बाध्यता छ ।