डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति शिक्षण अस्पतालमा
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उठाएका माग जनताका माग भएकाले वर्ता मार्फत पुरा गर्नु पर्ने वताएका छन।
१९ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीलाई शुक्रवार भेटेपछि उनले यस्तो वताएका हुन् ।
यादवले डाक्टर केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाको वताए ।
प्राणकै आहुति दिन तयार भई उठाएका जनताका माग सरकारले वार्तामार्फत नै समाधानको पहल गर्नु पर्ने वताए ।
उनले डा. केसी राष्ट्रकै अमूल्य सम्पत्ति भएको भन्दै उनको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन चिकित्सकहरुसँग आग्रह गरे ।