हिउँदसम्ममा वाढि/पहिरो पीडितको ब्यवस्थापन हुन्छः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले अस्थायी रुपमा भएपनि हिउँद सम्ममा बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन गरिसक्ने वताएका छन् ।
सिन्धुपाल्चोकका वाट आएका प्रतिनिधिहरुसँग भएको भेटमा थापाले सिन्धुपाल्चोक, बागलुङ, कालिकोट लगायतका बाढी/पहिरो पीडितहरुको ब्यवस्थापन हिउँदसम्ममा गरिसक्ने वताए ।
‘बाढी/पहिरो प्रभावितहरु पालमा बसेका छन्, चिसोमा त्यसले धान्दैन’ उनले भने–‘सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्ने तयारी छ।’
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा भएको क्षतीको जानकारी गराए । ३ सय ५१ बस्ती जोखिममा रहेको उनले गृहमन्त्री थापालाई सुनाए। करिव ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले वताए ।