News

पत्रकारलाई पैसाः कोईरालाको खाम चोखो, महतोको खाम जुठो ?

पत्रकारलाई पैसाः कोईरालाको खाम चोखो, महतोको खाम जुठो ?

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर पैसा वाँडेको विषयमा मंगलवार एउटा समाचार छापियो। सर्सर्ती हेर्दा विषय सामान्य हो र सामान्य रुपमै सकियो पनि।

तर, पत्रकारको जिम्मेवारी, पत्रकारमाथि देश र जनताको भरोसा अनि समग्र पत्रकारीताको अवस्था हेर्दा भने यो घट्ना अत्यन्त गम्भिर र राज्यकै ध्यानाकर्षण हुनु पर्ने विषय थियो। किनकी यो घट्ना नेपालको पत्रकारीताको अवस्था दर्शाउने ऐना पनि हो।

पत्रकारीतासँग सम्वन्ध जोडिएका संघ/संस्था, निकाय र सरकार जिम्मेवार हुने हो भने यो घटना पत्रकारीता क्षेत्रको आमुल परिवर्तन गर्नका लागि पर्याप्त छ। तर, त्यस्तो किन हुन्थ्यो ? महामन्त्री कोइरालाका निजी सचिव भरत तिवारीले भुलबस त्यो पैसा पत्रकारका हातमा पुगेको स्पष्टीकरण दिएपछि घट्ना सेलायो।

‘समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहान्छु’ भन्दै तिवारीले सामाजिक सञ्चालमा लेखेपछि पत्रकार गमक्क भए। जसरी ललिता निवास प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल चोखिए त्यसैगरी तिवारीले ‘आफुवाट गल्ति भएको स्किार’ गरेपछि महामन्त्री कोईराला पनि चोखिए।

अपवाद वाहेक मुल धारका मिडियामा यो समाचारले प्राथमिक्ता पाएन। तत्कालिन (०६७ असोज १५ गते) स्वास्थ्य मन्त्री राजेन्द्र महतोले पैसा बाँडे रे! भन्ने हल्लाले मूलधारको मिडियालाई समेत ततायो। पैसा पाउनेको नाम पनि गोप्य थियो । रकम पनि पाँचदेखि आठ हजार भनिएको थियो । तर, त्यसलाई खामबन्दी पत्रकारिताको नमुनाका रूपमा अर्थ्याईयो।। समग्रमा भन्दा महतोले पैसा वाँडेको विषयमा मुलधारका मिडियोले कोकोहोलो मच्चाए। तर, कोईरालाको विषयमा मिडिया किन चुप वस्यो ? भन्ने विषय यतिवेला चर्चाको विषय वनेको छ ।

यति मात्र होईन, नेपाल पत्रकार महासंघले महतोलाई कारावाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण समेत गराएको थियो । कार्यवाहक सचिव जगत नेपालले विज्ञप्ति जारी गरेर मन्त्रीले पैसा वाँडेको कार्यले सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपायोग गरी पत्रकार र संचार माद्यमलाई भ्रष्ट र आफनो प्रशंशक वनान खोजेको आरोप लगाएका थिए ।

यिनै विषयमा कतिपय ब्यक्तिले आपत्ती समेत जनाएका छन्। जनकपुरका स्थानीयवासी समेत रहेका मनिष साहले मिडियामा विभेदकारी सोच देखिएको वताए । ‘यसपाली सशांक कोईरालालाले पैसा बाँडेको प्रमाणसहित खबर आयो । तर संचार माध्यमसहित महासंघ पनि कानमा तेल हालेर वस्यो’ साह भन्छन्–‘कांग्रेस महामन्त्री तथा भाबी सभापतिका रूपमा हेरिएका कोईरालाको खाम चोखो हुने तर महताको खाम सनसनी हुने कस्तो पत्रकारिता हो यो ?’

समाजवादी पार्टीका नेता केशव झाले यो विषयलाई ठुलो वनाउने भन्दा पनि सामान्य रुपमा वुझनु पर्ने वताए । ‘दशै नेपालीहरुको महान चाड हो। मान्यजनले आफुभन्दा सानालाई केहि सामान वा पैसा सगुनको रुपमा दिने चलन छ’ उनी भन्छन्–‘दुतावासले सरकार तथा अन्य निकायलाई सगुन दिने चलन पनि छ। यो ठुलो कुरा होईन।’

केहि दिएर मायाँ/स्नेह साट्ने परम्पराकै रुपमा यसलार्य लिनु पर्ने वताएका उनले ब्यक्ति हेरेर गरिने ब्यवहार भने गलत भएको वताए । ‘राजेन्द्र महतोले गर्दा चै हल्ला गर्ने अनि शशांकले गर्दा चै केहि नभए झै गर्ने मानसिक्ता चै गलत हो’–उनले भने। 
 

विशेष