गण्डकीका मुख्यमन्त्री र मन्त्रीको दसैंभत्ता कोरोना कोषमा
गण्डकी प्रदेशका मुख्यमन्त्री र सात मन्त्रीले दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
दशैं भत्ता वापतको रकम कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । विगतका दसैंमा पनि मुख्यमन्त्री तथा मन्त्रीहरूले दशैं भत्ता सरकारकै कोषमा जम्मा गरेको उनको भनाइ छ ।
बैठकले प्रदेश सरकारले गर्दै आएको कोरोना संक्रमितको उपचार र व्यवस्थापनलाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री बस्नेतले बताए ।