विप्लवद्वारा सरकार विरुद्ध आन्दोलनको घोषणा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोनाभाइरस संक्रमित सबै नागरिकहरूको निःशुल्क परीक्षण र उपचार नगर्ने सरकारी निर्णय विरुद्ध आन्दोलन घोषणा गरेको छ ।
सरकारले जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरिएको हो । कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले लगाएका छन्
पार्टीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा कात्तिक १५ गतेदेखि २० गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ।
कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस निकाल्ने विज्ञप्तिमा उल्लेख छ।
विप्लवले वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन् । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ ।
राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय भएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विज्ञप्तिमा माग गरिएको छ।