News

सरकारी निर्णयको असरः टेकु अस्पतालद्वारा परिक्षण नै नगरी स्वाब फिर्ता

सरकारी निर्णयको असरः टेकु अस्पतालद्वारा परिक्षण नै नगरी स्वाब फिर्ता

सरकारले कोरोनाभाइरस संक्रमित सबै नागरिकहरूको निःशुल्क परीक्षण र उपचार नगर्ने निर्णय गरेको केहि दिन वित्न नपाउँदै त्यसका नराम्रा असरहरु देखिन थालेका छन् । अस्पतालले जथाभावी शुल्क असुल्ने देखि धरौटी नराखी उपचार नै नगर्नेसम्मका घट्ना वाहिरीएका छन् ।

यति मात्रै होईन, पछिल्लो पटक कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नै नगरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले फिर्ता पठाइदिएको हो ।

त्यहाका विभिन्न स्थानीय तहका २ सय ३४ जनाको स्वाब संकलन गरेर मंगलबार परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले भने–‘ प्रयोगशालाले स्वाबको नमुना नबुझी मंगलबार नै गोरखा फिर्ता पठायो।’

टेकुबाट फिर्ता भएपछि बुधबार परीक्षणका लागि पोखरास्थित प्रयोगशाला पठाइएको उनले बताए । स्वाव फिर्ता पठाउनुको कारण भने हालसम्म जानकारी नभएको उनको भनाई छ। 
 

विशेष