News विदेश Breaking News मुख्य समाचार ताजा खबर समाज राजनीति

पेसावर उच्च अदालतलद्वारा ऐतिहासिक गुरुद्वारा खण्डको लिलामीमा रोक 

पेसावर उच्च अदालतलद्वारा ऐतिहासिक गुरुद्वारा खण्डको लिलामीमा रोक 

पेशावर । पेशावर उच्च अदालतले इभ्याक्यु ट्रस्ट सम्पत्ति बोर्डले ऐतिहासिक भाई बेबा सिंह गुरुद्वाराको केही अंश लिलामी गर्ने कार्यमा रोक लगाएको छ ।

न्यायाधीश रुहुल अमीन खान चम्कनी र न्यायाधीश सय्यद मोहम्मद अत्तिक शाहको इजलासले पाकिस्तान सिख गुरुद्वारा प्रबन्धक समितिका सदस्य साहिब सिंह र गुरुद्वारा भाई बेबा सिंहको समितिका सदस्यहरुले संयुक्त रुपमा दायर गरिएको रिटमा सुनुवाइ गर्दै उक्त लिलामी अवैध भएको ठहर गरेको छ । 

भाइ बेबा सिंह गुरुद्वारा पेशावरको चाका गल्लीमा रहेको छ । 

संयुक्तरुपमा दायर गरिएको रिटमा पेशावरको ईटीपीबीका उप प्रशासकले जुलाई १८, २०१६ मा गुरुद्वारा भाई बेबा सिंहको एउटा अंशलाई कथित लिलामीको नाग दिँदै २० नोभेम्बर २०१८मा स्थानीय प्रहरीलाई पत्र पठाउँदै गुरुद्वाराको हिस्साको स्वामित्व हस्तान्तर गराउन निर्देशन दिएको दाबी गरिएको छ । 

"जब प्रहरी अधिकारीहरू कब्जाका लागि गुरुद्वार आए, तिनीहरूले उक्त विभाजन गुरुद्वारको हिस्ता भनिएको भाग त्यसको भित्रि भाग भन्‍ने सम्झिए," रिटमा भनिएको छ । यसबारे उनीहरूले अदालतलाई त्यो लिलामी र त्यसपछिको पत्र अवैध र वैधानिक अधिकारबिना प्रहरीलाई लेखेको पत्र गलत भएको घोषणा गर्न माग गरेका थिए । 

उक्त रिटको सुनुवाइमा धार्मिक मामिला मन्त्रालयका सचिवको माध्यमबाट संघीय सरकार, खैबर पख्तूनख्वा सरकारको मुख्य सचिव, इवाक्युई ट्रस्ट सम्पत्ति बोर्डका अध्यक्ष, ईटीपीबी, लाहोरका उपसचिव, ईटीपीबी, पेशावरका सहायक प्रशासक मार्फत संघीय सरकारले बयान दिएका थिए । 

डिसेम्बर २०१८ मा लिलामी प्रक्रिया रोक्‍न आदेश जारी गरेको थियो । अधिकारीहरुलाई अर्को आदेश नभएसम्म सिख समुदायका सदस्यहरुलाई त्यो भागबाट नहटाउन भनेका थिए ।

याचिकाकर्ताहरूका वकील झाहिदुल्लाह जाहिद र तैमुर खानले बहस गरेका थिए । सिख समुदायका सदस्यहरूले विभाजन हुनुभन्दा अघि नै गुरुद्वारा भाइ बेबा सिंहमा धार्मिक दायित्व निर्वाह गर्दै आएका थिए ।

उनीहरूले गुरुद्वारा विश्वमै सिखहरुको लागि ऐतिहासिक स्थल भएको पनि बताएका थिए । 

विशेष