‘रअ’ प्रमुख नेपाल आउने थाहा पाएपछी ओलि आफै बने रक्षामन्त्री
भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्त गोयल बुधबार अचानक काठमाडौं आएपछि उनको आगमनलाई लिएर नेपालमा विभिन्न अड्कलवाजी भए । गोयल अचानक काठमाण्डौ आउनुको उदेश्य र भेटेका ब्यक्तीका विषयमा धेरैको चासो देखियो । तर, उनी स्वदेश फर्केको लगभग १२ घण्टासम्म पनि यस विषयमा खासै जानकारी वाहिर आएको छैन ।
श्रोतका अनुसार गोयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरे । उनले प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि रक्षा मन्त्रीको रुपमा ओलीसँग भेट गरेको र गृहमन्त्रीका रुपममा प्रधानमन्त्री नै भेट भएपछि नेपाल–भारत दुई देशको मित्रतालाई अझ सुदृढ वनाउने गरी ४÷५ वटा विषयमा थप छलफल गरेका छन्।
गोयलको भ्रमण मुख्यतयाः भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको कार्तिक १८ गतेदेखि सुरु हुने नेपाल भ्रमणमा केन्द्रित थियो । उनको ९ सदस्यि टोलीमा ३ जना सेनाको उच्च अधिकारी समेत रहेको जनाईएको छ ।
यसैगरी, रअ प्रमुखले भारतको असल मित्रका रूपमा प्रधानमन्त्री ओलीलाई धन्यबाद दिए। अप्ठ्यारो अवस्थामा पनि भारतलाई साथ दिएको स्मरण गराउँदै महाकाली सन्धिदेखि मथिल्लो कर्णाली परियोजनामा ओलीको भूमिका स्मरणीय रहेको वताए ।
आफू अनुकुल कुरा हेरफेर गर्ने भएकाले भारत अरुको भर पर्न नसक्ने कुरा उनले प्रधानमन्त्री ओलीलाई विश्वास दिलाए । भारत नेपाल मामलामा ओलीमा मात्र भर पर्न सक्ने उनको भनाई थियो । यस वारेमा राजनीतिक नेतृत्व (प्रधानमन्त्री नरेन्द्र मोदी) प्रष्ट रहेको भन्दै ओलीलाई रअको पनि साथ रहने गोयलले वताए। नेकपामा अप्ठ्यारो अवस्था आएपनि भारतको राजनितिक नेतृत्व र रअले ओलीलाई नै साथ दिने उनले वताए ।
जवाफमा प्रधानमन्त्री ओलीले भारतसँग आफु चाहेर पनि टाढा हुन नसक्ने वताउँदै तर भारतले आफुलाई पर्याप्त सहयोग नगरेको गुनासो गरे । भारतले उल्टै बिरोधितिर ढल्केर सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको उनले वताएका थिए ।
समग्रमा गोयलको भ्रमण नेपाल–भारत विच विग्रदै गएको सम्वन्ध सुधारमा केन्द्रित देखिएको श्रोतको दावी छ । गोयलले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायका विवादीत क्षेत्रका विषयमा पनि भारतले मिलेर समस्या समाधान गर्न चाहेको ओलीलाई सुनाए ।
यस्तै, रामयण सर्किट, भारतीय लगानीमा नेपालमा सञ्चालित विभिन्न आयोजनालगायतका विषयमा ओली–गोयल छलफल भएको छ ।
सुरक्षामा पुर्ण सचेत
गोयल नौ सदस्यिय टोलीको नेतृत्व गरेर नेपाल आएका थिए । रअका आफनै विमान हुँदा हुँदै पनि उनी भारतीय वायुसेनाको कलसाइन आईएफसी ४६२० विमानमार्फत उनी काठमाण्डौमा अवतरण गरे । उक्त विमान सेनाको अत्यन्तै सुरक्षित र भरपर्दो विमान मध्ये एक हो । उक्त विमान राष्ट्रपति र सो सरहका ब्यक्तिले मात्र प्रयोग गर्ने पाउने ब्यवस्था रहेको श्रोतले जनाएको छ ।
ब्यक्तिगत भ्रमण पनि
गोयलको नेपाल भ्रमण दुई देशको मित्रता मात्र नभई ब्यक्तिगत भ्रमण समेत रहेको थियो । उनी भगवान कृष्णका भक्त हुन। धर्ममा पुर्ण विश्वास राख्ने गोयल माछामासुवाट टाढै रहने शुद्ध साकहारी हुन् । उनले विहिवार विहानै पशुपतिको दर्शन गरेका थिए ।
पशुपतिको दर्शनपछि उनको टोली सवा १० वजे स्वेदश फर्केको छ ।