प्रतिष्ठानले कोरोना संक्रमितको उपचार शुल्क तोकेपछि मुख्यमन्त्री रुष्ट
धरान स्थित पिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेश सरकारसँग समन्वय नै नगरी कोरोना संक्रमितको उपचार शुल्न निर्धारण गरेकोमा मुख्यमन्त्री शेरधन राईले आपत्ति जनाएका छन् ।
नागरिकको उपचार गर्न भनेरै कोभिड अस्पतालका लागि १२ करोड ५० लाख दिएको, प्रतिष्ठानमै अक्सिजन प्लान्टसहित २ सय बेड विस्तार गर्ने तयारी भइरहेको र कोरोनाको निशुल्क उपचार गर्ने विषयमा सरकार आन्तरकि छलपलमै रहेका वेला आफुखुसी शुल्क निर्धारण गरेको विषयमा राईको आपत्ति छ ।
प्रतिष्ठानले कोरोना संक्रमितको पीसीआर जाँच र उपचार गर्दा दैनिक १५ हजार शुल्क र ६० हजारसम्म धरौटी राख्नुपर्ने भन्दै सूचना जारी गर्नुु जनआकांक्षा विपरीतको निर्णय भएको उनको भनाई छ । महामारीमा राज्यले निःशुल्क रूपमा नागरिकको स्वास्थ्य उपचार गर्नुपर्ने उनको धारणा छ।
प्रतिष्ठानले कात्तिक ५ गते सार्वजनिक सूचना जारी गरी भर्ना अघि नै ६० हजार रुपैया धरौटी र दैनिक १५ हजार रुपैयाँसम्म उपचार खर्च तिर्नुपर्ने जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार शुल्क तोकिएको बताए।