News

जसपालाई वैकल्पिक शक्ति भनेकोमा कार्यकर्ताकै असन्तुष्टि

जसपालाई वैकल्पिक शक्ति भनेकोमा कार्यकर्ताकै असन्तुष्टि

जनता समाजवादी पार्टी (जसपा) को ८ सय १ सदस्यीय केन्द्रीय समिति समावेशी नभएको भन्दै महिला कार्यकर्ताले असन्तुष्टि ब्यक्त गरेका छन् ।

जसपा कार्यकर्ता तारा भण्डारीले केन्द्रीय कार्यकारिणी सदस्य, महिला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई सम्वोधन गर्दै महिलाहरुलाई भ्रममा पार्न खोजेको वताएकी छिन्। पार्टीलाई वैकल्पिक शक्तिको रुपमा ब्याख्या गरिएको विषयमा पनि उनले प्रश्न उठाएकी छिन्।

‘बैकल्पिक शक्ति भनेको अहिले शक्तिमा रहेका राजनीति शक्तिहरुको विकल्पका रुपमा तिनीहरु भन्दा राम्रो राजनिती पार्टी र उक्त पार्टीले सिद्धान्त अनुसार ब्यवहार गर्ने भन्ने होला नि  हैन ?’ उनको प्रश्न छ–‘तपाईंहरुले विधानमा ३३ प्रतिशत महिला सहभागीताको उल्लेख गर्दा खुशी लागेको थियो । तर परिणाम हेर्दा निरास भएकीछु ।’

‘के यहि हो बैकल्पिक शक्ति ? कहाँ छ महिला ३३ प्रतिशत ?’ भन्दै उनले यसको चित्त बुझ्दो उत्तर दिन समेत आग्रह गरेकी छिन्।

फोटोः केन्द्रिय सदस्य केशव झाको फेसवुकवाट
 

विशेष