News भिडियो

परस्त्री/परपुरुषसँगको सम्वन्ध समस्या होईन समाधान होः समाजशास्त्री ढकाल [भिडियो अन्तरवार्ता]

परस्त्री/परपुरुषसँगको सम्वन्ध समस्या होईन समाधान होः समाजशास्त्री ढकाल [भिडियो अन्तरवार्ता]

समाजशास्त्री निर्मला ढकालले परस्त्री/परपुरुषसँगको सम्वन्ध गलत नभएको वताएकी छिन् । नेपालमा पछिल्लो समय वढ्दै गएका वलात्कारलगायतका महिला हिंसाका घटना र रोकथामका विषयमा नेपाल आजसँगको कुराकानीमा ढकालले यस्तो वताएकी छन् ।

आफनो घर परिवारलाई सन्तुलनमा राखेरै कसैले आफनो आवश्यक्ता पुरा गर्छ भने त्यसलाई गलत भन्न नमिल्ने उनको भनाई छ । यो सम्वन्ध समाजको समस्या नभएर समस्याको समाधान भएको उनले तर्क गरिन्। ढकाल भन्छिन्–‘परिवार र समाजलाई असर नपारीकन कसैले आफनो आवश्यक्ता पुरा गर्छ भने त्यो समस्या नभएर समाधान हो ।’

विवाह पुर्वको सम्वन्धलाई पनि उनले सामान्य रुपमा लिनु पर्ने वताईन्। समय परिवर्तनसँगै सामाजिक मुल्य, मान्यता र ब्यवहार समेत परिवर्तन हुँदै गएकाले सोहि अनुरुप आफुलाई पनि ढाल्दै जानु पर्ने उनको धारणा छ। ‘हिजो वालविवाह हुन्थ्यो। अठार वर्षभन्दा कम उमेरमै विवाह गर्ने भएकाले त्यो वेलामा विवाह पुर्वको सम्वन्धलाई असामान्य रुपमा लिईन्थ्यो’ उनले भनिन्–‘तर, अहिलेको अवस्था फरक छ। विवाह गर्दा २५/३० वर्ष वित्छ। अव यो विचमा युवायुवतीले आफनो आवश्क्ता पुरा गर्न कसैसँग सम्वन्ध वनाउँछन् भने त्यसको पछाडि लाग्नु जरुरी छैन ।’

वलात्कारीलाई फाँसी दिदैमा वलात्कार रोकिन्न
नेपालमा वलात्कार लगायतका महिला हिंसाका घटना वढ्दै गएको विषय दण्ड जरिवानाभन्दा पनि चेतनासँग जोडिएको ढकालले वताईन् ।

महिलाहरु पद/पावरमा पुग्दैमा र दण्डजरिवाना कडा वनाउँदैमा वलात्कारलगायतका महिला हिंसा घट्छन भन्ने कुरामा सत्यता नभएको उनको भनाई छ । घट्ना पछाडिका कारणहरुको पहिचान र त्यसलाई रोकथाम गर्ने उपायका विषयमा काम गर्न सके मात्रै यस्ता घट्नामा कमि ल्याउन सकिने ढकालको तर्क छ । ‘मुख्य कुरा हामीले आफना वालवालिकालाई कस्तो शिक्षा दिदैछौ भन्ने हो । घट्ना न्युनिकरणमा हामीले ब्यक्तिगत रुपमा र राज्यले के कस्ता पहल गरेको छ भन्ने अर्को विषय हुन सक्छ’ उनले भनिन्–‘त्यसपछि राज्यका नीति नियम र ब्यवस्थाका कुरालाई पनि हेर्न सकिन्छ।’

पछिल्लो तथ्यांक अनुसार ८० प्रतिशत भन्दा वढि वलात्कारका घटना घरपरिवारभित्रै र १५ वर्ष मुनिका वालिकामाथि भईरहेको वताएकी उनले यस्तो अवस्थामा कोहि १ जनालाई मुत्यु दण्ड दिदैमा र प्रहरी प्रशासनको विरोध गर्दैमा समस्याको समाधान नहुने ढकालको भनाई छ । 

वलात्कार र हिन्साका घटना नियन्त्रण गर्न वालवालिकालाई नै यौन दुर्ब्यवहारका विषयमा चेतना दिनु पर्ने उनले वताईन । ‘घर परिवार भित्र हुने घट्ना एकै पटक वलात्कारमा पुगेका हैनन्, अहिलेसम्म  वाहिरीएका अधिकांश घटनामा वालिकामाथि पटक पटक दुर्ब्यवहार हुँदै अन्त्यमा वलात्कार भएको देखिएको छ’ उनले थपिन्–‘यदि दुर्ब्यवहार हुँदै वालिकाले आफनो समस्या वाहिर ल्याउन सक्ने वातावरण वनेको भए वलात्कार त हुन नपाउँने रहेछ नी।’

अर्कोतर्फ वलात्कारका घट्ना पछिको समाजको ब्यवहारले पनि घटना वढ्नमा सहयोग गरिरहेको उनको वुझाई छ । ‘घटना घटिसकेपछि पनि हामी पीडितलाई नै नानाथरीका प्रश्न गछौं, उसैमाथि प्रश्न उठाउँछौं। जो पीडित छ उसैलाई हामी प्रमाण जुटाउन प्रयोग गर्छौ’ उनले थपिन–‘यस्ता कृयाकलापले पीडकलाई अझै प्रोत्साहन गर्छ । जसको नतिजा हाम्रो समाजमा विद्यमान छ।’

लैगिक विभेद तथा वलात्कार लगायतका महिला हिंसाका विषयमा समाजशास्त्री निर्मला ढकालसँग नेपाल आजले गरेको विस्तृत कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस।

विशेष