News

अस्पतालले भर्ना लिन नमान्दा कोरोना संक्रमित युवकको मृत्यु

अस्पतालले भर्ना लिन नमान्दा कोरोना संक्रमित युवकको मृत्यु

अस्पतालले भर्ना लिन नमानेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङ्गेका ३६ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उनको चतरास्थित आईसोलेसनमा शनिवार विहान मृत्यु भएको हो ।

दुई दिनअघि ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको थियो । विराटनगरस्थित कोसी अस्पतालले उनलाई सुरुमै भर्ना गर्न मानेन। त्यसपछि नोबेल मेडिकल कलेजमा पुर्याएका युवाको कोरोना परिक्षण गरियो । कोरोना रिपोर्ट पोजेटिभ आएपछि आईसियु र भेन्टिलेटर खाली नभएको भन्दै उनलाई फिर्ता पठाईएको उनका आफन्तले जनाएका छन् ।

त्यहावाट फर्काएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गर्ने प्रयास गरिएपछि आईसीयू र भेन्टिलेटर अभावकै कारण फर्काएर आईसोलेसनमा राखिएको चतरास्थित आइसोलेसनका इन्चार्ज प्रमोद यादवले बताए ।

शुक्रवार राती ११ बजे आईसोलेसनमा पु¥याएर अक्सिजनमा राखिएपनि निमोनियाँका कारण शनिबार बिहान साढे १० बजे उनको मृत्यु भएको चौधरीले जानकारी दिए । 

विशेष