२४ घण्टामा थप २२ सय २५ लाई कोरोना, २८ सय ४६ जना डिस्चार्ज
नेपालमा २४ घण्टाभित्र थप २२ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै ११ सय १० जना छन् ।
काठमाडौंमा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८ सय ४६ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै रुपन्देहीमा १४५ जना, मोरङमा १०१, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले सुचना जारी गरेर जानकारी दिएको छ ।
बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, कपिलवस्तु र बर्दियामा २२/२२ जना, नवलपरासीमा २१ जना, मकवानपुर र पाल्पामा १९/१९ जना, तनहुँमा १७ जना, रौतहटमा १५ जना, जुम्लामा १४ जना, पर्सा र कञ्चनपुरमा १३/१३ जना, दैलेखमा १२ जना, धादिङमा ११ जना, धनुुषामा १० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै पर्वत र डोटीमा ९/९ जना, अर्घाखाँची, डडेल्धुरा र बझाङमा ८/८ जना, सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा र मुगुमा ७/७ जना, गोरखामा ६ जना, तेह्रथुम, रामेछाप र कालीकोटमा ५/५ जना, काभ्रे, प्युठान र बैतडीमा ४/४ जना, धनकुटा, महोत्तरी, सप्तरी, दोलखा, गुल्मी, रुकुम पूर्व र अछाममा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।
इलाम, संखुवासभा, सिन्धुली, लमजुङ, बागलुङ र सुर्खेतमा २/२ जना र उदयपुर, खोटाङ, ताप्लेजुङ, सर्लाही, रसुवा, रोल्पा, रुकुम पश्चिम र सल्यानमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।