News राजनीति

पद नभए सासै रोकिने दुई झापाली !

पद नभए सासै रोकिने दुई झापाली !

नेपालमा जति नै ब्यवस्था परिवर्तन भएपनि जनताले त्यस्को वास्तविक लाभ लिन पाएका छैनन् । पजातन्त्र, लोकतन्त्र संघिय गणतन्त्रलगायत जुन सुकै ब्यवस्था भनिएपनि केहि सिमित वर्ग/ब्यक्ति कै हाली मुहाली छ । त्यसमा पनि पछिल्लो समय दुई झापालीको पद लोलुप्ताका कारण सिङ्गो मुलुक तरङ्गित छ । 

डा. युवराज खतिवडा र अग्नि खरेल पछिल्लो समय सवैभन्दा वढि लाभका पद लिनेमा परेका छन् । उनीहरुका लागि वरियता र योग्यताले कुनै असर गर्दैन । उनीहरुको योग्यता भनेको झापा वसाई, एउटा क्षेत्रका विज्ञ तथा पूर्व  एमाले (ओली निकट)  हुनु नै हो । राजनैतिक पृष्ठभुमि नभएका उनीहरु आशिर्वादवाटै निरन्तर लाभका पदमा विराजमान छन् ।

प्रारम्भिक चरणमा कानुन ब्यवसायवाट उदाएका खरेल एक समयका राम्रो वकिल हुन्। ठुला र घरानीयाँ व्यापारीका कानुनि सल्लाहकार थिए–खरेल । उनको अहिले पनि ति ब्यापारीसँगको हिमचिम र साँठगाँठ टुटेको छैन । त्यसपछि उनी सभासद, सांसद हुँदै कानुन मन्त्री वने । 

कानुनमन्त्रीवाट हटेपनि उनले विश्राम लिएका छैनन्। मन्त्री भईसकेका ब्यक्ति महान्यायाधिबक्तामा फड्कीए । उनको लाभको यात्रा अझै जारी छ । 

सामान्यतया सरकारी  जागिर खाएको ब्यक्ति जागिर अवधि सकिएपछि पेन्सन लिएर घर वस्छ । तर, ०३९ सालमा सहायक अनुसन्धान अधिकृतका रुपमा नेपाल राष्ट्र वैंकमा प्रवेश गरेका युवराज खतिवडाको दवदवा अझै घटेको छैन । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, गभर्नर, सांसद, अर्थमन्त्री, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारकार हुँदै विहिवार (०७७ असोज १५) मात्र उनी अमेरीको राजदुतमा सिफारीस भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको प्रिय पात्रका रुपमा रहेका खतिवडा राजदुतमा नियुक्त भएपछि चौतर्फि आलोचना सुरु भएको छ । तर, यस्ता आलोचनाले न त खतिवडालाई असर गरेको छ नत प्रधानमन्त्रीलाई नै !

खरेल र खतिवडाको चर्चा यतिमा मात्र सिमित छैन । उनीहरुले आफु फाईदा लिने मात्र होईन मुलुक र जनताको हित विपरीत हुने काममा प्रधानमन्त्रीलाई अनावश्यक सल्लाह दिने तथा ब्यापारी र विदेशीको लाभका लागि काम गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

ब्यापारीसंग निकट रही उनीहरुको हितको लागि काम गर्ने र नजराना लिने, प्रधनमन्त्रीलाई हावादारी सल्लाह दिएर विवादित वनाउने काम खरेल र खतिवडा अग्रपंक्तिमा रहेको नेकपाकै नेताहरु वताउँछन् । उनीहरु पद नपाई सास फेर्न समेत नसक्ने अवस्थामा पुगेको उनीहरुको वुझाई छ।

पार्टी विभाजन लगायतका विवादीत अध्यादेश, नेकपा एमाले दर्तालगायतका छट्टु कामका डिजाईनर खरेल नै रहेको एक नेता वताउँछन् । अर्कोतर्फ खतिवडा भने विदेशीको डिजाईनमा नेपालको अर्थतन्त्र डामाडोल बनाउने खलपात्र भएको उनीहरुको दावी छ ।
 

विशेष