News

डा. वावुराम र हिसिलालाई कोरोना

डा. वावुराम र हिसिलालाई कोरोना

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. भट्टराईले ट्वीटर मार्फत दुवै जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

कार्तिक ७ गते गरिएको स्वाव परिक्षणको नतिजा पोजेटिभ आएको उनले जानकारी दिएका छन् ।

‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं’ – उनले भनेका छन् ।

डा. भट्टराईले केही समय यता आफनो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विशेष